देशैभर विभिन्न कार्यक्रम गरी पहिलो जेन्जी दिवस मनाइयो
काठमाडौँ, भदौ २३ गते । आज जेनजी शहीदप्रति सम्मानमा विभिन्न कार्यक्रम गरी पहिलो जेन्जी दिवस मनाईएको छ । । यसै अवसरमा काठमाडौंको बानेश्वरमा जेनजी शहीद स्मृति दिवस कार्यक्रमको आयोजना गरि जेनजी शहीद दिवस मनाइएको हो ।
जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि गृहमन्त्री सुधन गुरूङले उद्घाटन गर्नु भएको थियो । गतवर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा दिवस मनाइएको हो। जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, पूर्वाधार विकास मन्त्री मन्त्री सुनिल लम्साल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री खडक राज पौडेल (गनेस), विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्री निशा मेहता, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, जेनजी सहिद परिवार लगायत को सहभागिता रहेको थियो ।
आज जेनजी शहीदप्रति सम्मान गर्दै देशभर स्मृति दिवस मनाइँदै छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।
आज जेनजी शहीदप्रति सम्मान गर्दै देशभर स्मृति दिवस मनाइँदै छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।
१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।









प्रतिकृया दिनुहोस