तरकारी खेती व्यवशायी महत्तोले मनाए बालिका आश्रममा नातिको जन्मदिन

६ भदौ । भरतपुर २५ निवासी तरकारी खेती  व्यवशायी बोधराज महत्तोले आफ्नो नाति रिजन महत्तोको जन्मदिन बालिका आश्रममा मनाईदिएका छन् । भरतपुर १मा  देवघाटधाममा अवस्थित  रामजानकी बालिका आश्रममा रहेका बालिकाहरुको लागि  भोजन सहयोग गरि  आफ्नो नातिको आज शुक्रवार परेको   जन्मदिनका  मनाएका हुन् ।  उनको नाति रिजन आजबाट ११ वर्ष लागेका छन् । सो अवसरमा उनले  आफ्नै वारीको चामल, तरकारी लगायतका सामान सहयोग गरी नातिको जन्मदिन मनादिए । यस अघि पनि उनले  कामको शिलशिलामा वाहिर रहेका छोरीहरु र छोराको जन्मदिन आश्रममा नै पुगेर मनाउदै आएका छन् ।
उनले कोरोनाको बेला आफ्नो वारीमा उत्पादित तरकारी सहयोग गर्न देवघाट पुगेपछि  सन्तानको जन्मदिन पनि आश्रममा नै मनाउदै आएको  बताए ।
उनी आफ्नो नाति रिजन सगै श्रीमती रिमा महत्तोको साथ आश्रममा पुगेर जन्मदिन मनाएका हुन् । उनले आफ्नो वारिमा उत्पादित तरकारी , खाध्यान्न सगै ,फलफुल पनि बेला बेलामा आश्रमलाई सहयोग गर्ने गरेको बताए । बालिका आश्रमलाई आफ्नो गक्ष अनुसारको  सहयोग गर्न पाउदा सार्है खुशी लाग्ने समेत उनले बताए ।
आश्रममा तरकारी सहितको खाध्यान्न बोकेर आउने  बोधराज महत्तो जस्तै  मनकारी व्याक्तित्वको सहयोग र साथले नै आश्रम चलेको आश्रमका महासचिव रामेश्वर खनालले बताए ।
महासचिव खनालले  आज परेको कुशे औसीका अवसरमा अन्य विभिन्न महानुभावहरुले पनि आश्रममा  सहयोग गर्नुभएको जानकारी गराए   ।  आज परेको कुशे औसी कै अवसरमा  भरतपुर ३ बेलचोक निवासी विण्णु लामिछानेले पनि आश्रमका बालिकाका लागि १ थान साईकल सहयोग गर्नुभएको छ । त्यसै गरी भरतपुर १० शान्ति इन्द्रेणी टोल रहनुहुने शैक्षिक व्याक्तित्व स्व.विश्व प्रकाश वास्तोलाको स्मृतिममा उहाँको परिवारले पनि बालिकाहरुको लागि भोजन सहयोग गरेका  छन् । त्यसैगरि आज नै भरतपुर १५  मंगलपुर निवासी स्वं भिम बहादुर अधिकारीको स्मृतिमा उनको  परिवारले पनि बालिकाहरुको लागि १ दिनको भोजन सहयोग गरेका  छन् । आज कुशे औसीको सन्र्दभ पारेर भरतपुर ११ जन जागृति चोक निवासी स्व. पुस्कर वहादुर थापाको स्मृतिमा उनको परिवारले १ दिनको भोजन सहयोग गरेका छन्  ।

यो आश्रममा आध्यात्मिक शिक्षाको साथै आधुनिक शिक्षा दिदै आएको सामाजीक सस्था हो । बालिकाहरु हरेक क्षेत्रमा उतिकै सक्षम र सबल हुन सक्छन ्भन्ने उदेश्य अनुरुप २०६७ सालमा लोककल्याण सेवा प्रतिष्ठान माध्यमबाट यस आश्रमको को स्थापना गरिएको हो । हाल आश्रममा ३८ जना बालिकाहरु आवाशिय सुविधाका साथ अध्यन गर्दे आइरहेका छन्। यस  प्रतिष्ठानले आश्रममा नै संरक्षित ८० भन्दा बढी   बालिकाहरुलाई  परिवारसगँ पुनस्थार्पन समेत गरिसकेको छ । 


प्रतिकृया दिनुहोस