भूकम्प गएको थाहा पाएपछि के गर्नुपर्छ, के गर्नु हुँदैन
संसारभरि प्रत्येक वर्ष सयौँ भूकम्पहरू जान्छन्। तिनका कारण धनजनको ठूलो क्षति हुन्छ।
गत साता २४ जुनमा भेनेजुएलामा एक मिनेटभित्र दुइटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १,४५० जनाको मृत्यु भएको छ भने ४,३०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। म्याग्निट्यूड ७.५ को दोस्रो भूकम्प भेनेजुएलामा सन् १९०० पछि मापन गरिएको सबैभन्दा ठूलो भुइँचालो हो।
ती भूकम्पका कारण कैयौँ भवनहरू भत्किँदा मानिसहरू अवशेषमुनि पुरिए वा बाहिर निस्किन नसक्ने गरी फसे।वैज्ञानिकहरूका अनुसार भूकम्प कहाँ जाने सम्भावना छ भन्ने थाहा भए पनि कहिले जान्छ भन्ने अनुमान गर्ने कुरामा हामी धेरै पछाडि छौँ।
त्यसो भए के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ त?
"दुःखको कुरा के हो भने त्यसो गर्नसकिँदैन," इम्पेरिअल कलेज लन्डनका भूकम्पविद् डा स्टीफन हिक्स भन्छन्।
"तर हामी भूकम्पको पूर्वानुमान गर्न सक्छौँ, सम्भावना देखाउन सक्छौँ। जस्तै - अमेरिकाको क्यालिफोर्निया र जापानमा भूकम्पको पूर्वानुमान धेरै नै गर्न सकिने हुँदै छ।"
त्यसोभए सुरक्षित रहन के गर्न सकिन्छ र के गर्नु हुँदैन?भूकम्प कहिले जान्छ भनेर अनुमान गर्न सजिलो नभए पनि विज्ञहरूका अनुसार हामी सधैँ तयार रहनुपर्छ अर्थात् भूकम्प जाने सम्भावनालाई हेरेर योजना तयार पारेर राख्नुपर्छ।
"यदि तपाईँ [धेरै भूकम्प जाने] क्षेत्रमा बस्नुहुन्छ भने आफ्नो घरमा आपत्कालीन अवस्थामा चाहिने कुरा राख्दा उपयोगी हुन्छ," डा हिक्स भन्छन्।
उनका अनुसार त्यस्ता कुरामा अतिरिक्त पानी, टर्च, प्राथमिक उपचार किट र केही खानेकुरा हुनुपर्छ।
रेडक्रसका अनुसार त्यस्ता कुरामा अतिरिक्त नगद र औषधिको सूची जस्ता महत्त्वपूर्ण व्यक्तिगत कागजपत्रहरूको प्रतिलिपि पनि हुनुपर्छ।
End of content
End of content
यदि तपाईँ बसेको भवन सुरक्षित छ भने अन्यत्र नजानुहोस्

अमेरिका सरकारको भौगर्भिक निकाय यूएसजीएसका अनुसार यदि तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने तपाईँलाई चोटपटक लाग्ने सम्भावना कम हुन्छ।
त्यसैले भूकम्पको समयमा बाहिर वा अन्य कोठातिर भाग्ने प्रयास नगर्न उसले सुझाव दिएको छ।
"ड्रप, कभर र होल्ड अन" अर्थात् 'निहुरिनु, छेकिनु र रोकिनु' सुरक्षित रहन मूलमन्त्र भएको विशेषज्ञहरू बताउँछन्।
End of content
फल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्?
१८ फेब्रुवरी २०२३
१८ फेब्रुवरी २०२३
End of content
आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्दा तपाईँ माथिबाट झर्ने वस्तुबाट जोगिन सक्नुहुन्छ। यदि नजिकै कुनै अन्य आश्रयस्थल नभएमा टेबल वा डेस्कमुनि बसेको बेला भूकम्प नरोकिँदासम्म समातेर बस्ने सल्लाह पनि दिइएको छ।
जोगिने प्रारम्भिक उपायमध्ये ढोकामुनि उभिनु पनि हो। तर विज्ञहरू भन्छन्- यदि तपाईँ तुलनात्मक रूपमा पुरानो घरमा बस्नुहुन्छ भने तपाईँ टेबलमुनि सुरक्षित हुनुहुनेछ।
घरका झ्याल र अग्रभाग प्रायः पहिलो चरणमै भत्किन्छन्। त्यसैले यस्ता खतरायुक्त क्षेत्रहरूबाट टाढा बस्न सल्लाह दिइन्छ।
बाहिर निस्किँदा सुरक्षित भइन्छ भन्ने छैन

तस्बिर स्रोत,EDILZON GAMEZ / STRINGER VIA GETTY IMAGES
तस्बिरको क्याप्शन,भेनेजुएलामा कैयौँ मानिसहरू भूकम्पका कारण आफ्नो बास गुमाएका छन्
एक पटक भूकम्प बन्द भएपछि भवन भत्किएको अवस्थामा खुला क्षेत्रमा बाहिर निस्कनु सामान्यतया सुरक्षित मानिन्छ।
यो तपाईँ भित्र भएका बेला भूकम्प जाँदाको कुरा भयो। तर तपाईँ बाहिर हुँदा भूकम्प गयो भने के गर्ने?
"तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस्," विज्ञहरू भन्छन्।
घर बाहिर हुँदा विद्युत् वा इन्टरनेटआदिका तार, इन्धन र ग्यास लाइनबाट टाढा जाँदा चोटपटकको जोखिम कम हुन्छ।
त्यस्तै रूख, टेलिफोनका पोल र भवनबाट टाढा खुला ठाउँमा जानु राम्रो हुन्छ।
खतराबाट टाढा रहनुहोस्
अर्थक्वेक कन्ट्री अलायन्सका अनुसार अधिकांश घाइते र मृत्युको कारण टेलिभिजन, बत्ती, गिलास र पुस्तक राख्ने दराजजस्ता वस्तुहरू खसेर वा उडेर लाग्दा हुने गरेको छ।
चोटपटकबाट बच्ने एउटा तरिका भनेको लचकदार फित्ताहरूले गह्रौँ फर्निचरहरूलाई बाँधेर सुरक्षित गर्नु हो।
अर्को सम्भावित खतरा भनेको भूकम्पपछि फुटेका पाइपबाट ग्यास चुहिनु हो।
डा हिक्सले सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पको उदाहरण दिए।
उक्त भूकम्पमा ३,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
"भवन भत्किएरभन्दा धेरैजसो मृत्यु ग्यास पाइपलाइन विस्फोटनका कारणले भएको थियो," उनले भने।
उनी कुनै पनि ज्वलनशील पदार्थहरूबाट टाढा रहन सल्लाह दिन्छन्।https://www.bbc.com/nepali









प्रतिकृया दिनुहोस