झिलिमिली बत्तीले झकिझकाउ बने शक्तिपीठ,
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरूलाई आकर्षक रूपमा सजाइएको छ । नवरात्र सुरु भएसँगै देवी मन्दिरहरूमा विशेष सजावट गरिएको हो ।
काठमाडौं उपत्यकाका मैतीदेवी, गुह्येश्वरी, भद्रकाली, शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली र कालिकास्थानलगायतका मन्दिरहरू आधुनिक विद्युतीय बत्ती तथा ध्वजापताकाले झकिझकाउ बनेका छन् । साँझको समयमा झिलिमिली बत्तीले सिँगारिएका मन्दिर परिसरहरू मनमोहक देखिने गरेका छन् ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका यी शक्तिपीठहरूमा घटस्थापनादेखि नै भक्तजनको चहलपहल बढेको छ । दसैँको रौनकसँगै मन्दिरहरूमा दर्शन तथा पूजाआजाका लागि पुग्ने श्रद्धालुहरूको सङ्ख्या पनि बढ्न थालेको छ ।
पर्वलाई लक्षित गर्दै मन्दिर व्यवस्थापन समितिहरूले परिसरको सरसफाइ, रङ्गरोगन तथा बहुरङ्गी विद्युतीय बत्तीको व्यवस्था गरेका छन् । दिनभरको व्यस्ततापछि साँझपख दर्शनका लागि पुग्ने भक्तजनका कारण मन्दिर परिसरमा थप चहलपहल देखिने गरेको छ ।
काठमाडौं उपत्यकाबाहिरका पाथीभरा, पलाञ्चोक भगवती, मनकामना, बागलुङ कालिका, शैलेश्वरी र गढीमाईलगायतका प्रसिद्ध शक्तिपीठहरूमा पनि नवरात्रको अवसरमा विशेष पूजाआजा र सजावट गरिएको छ ।
दसैँका बेला शक्तिपीठहरूमा भक्तजनको भीड बढ्ने भएकाले सम्भावित भीडभाडलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ ।
ehimalayatimes.com/2026/10/490637/

प्रतिकृया दिनुहोस