त्यो देउसी–भैली, यो देउसी–भैली
देउसी र भैलोको ऐतिहासिक जरो प्राचीन खस सभ्यता र मध्यकालीन इतिहाससँग गहिरो रूपमा जोडिएको पाइन्छ।
हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको,
हे औंसी बारो गाईतिहारो भैलो।
तिहारै आयो लौ झिलिमिली,
हे सुन हजुर भैलिनी आए मागन।।
मनको आँखा उघारी हेर,
ए सुन हजुर लक्ष्मी आइन् आँगन...।।।
हे औंसी बारो गाईतिहारो भैलो।
तिहारै आयो लौ झिलिमिली,
हे सुन हजुर भैलिनी आए मागन।।
मनको आँखा उघारी हेर,
ए सुन हजुर लक्ष्मी आइन् आँगन...।।।
नेपालीहरूको दोस्रो महान् चाड तिहार (शुभ दीपावली) झिलीमिली बत्ती र रंगीचंगी फूलहरूको उत्सव हो। तर यो यतिमा सीमित छैन। नेपाली समाजको मौलिक सभ्यता, सांगीतिक सिर्जना र सामाजिक सद्भावको ज्युँदोजाग्दो दस्तावेज हो। ठीक १५ दिनअघि मनाउने हाम्रो मुख्य चाड विजयादशमीले निधारभरि लगाउने रातो टीकामार्फत आपसमा साइनोले जोडिरहन्छ भने यो तिहारले माथिका जस्ता भाकाहरू मार्फत् आपसी साइनो जोड्छ। तिहारका रात अनि दिनहरूमा गुञ्जिने ‘देउसी’ र ‘भैलो’का लयबद्ध धुनहरूले घरआँगनलाई मात्र होइन, सिंगो नेपाली समाजलाई
उल्लासमय र सुवासित बनाउँछन्।
उल्लासमय र सुवासित बनाउँछन्।
शास्त्रीय र पौराणिक पृष्ठभूमि : देउसी र भैलोको ऐतिहासिक जरा नेपालको प्राचीन खस सभ्यता र मध्यकालीन इतिहाससँग गहिरो रूपमा जोडिएको पाइन्छ। हिन्दु पौराणिक मान्यताअनुसार, राजा बली अत्यन्त दानी र प्रजावत्सल थिए। उनीबारेको पौराणिक यो कथामा उनको दानशीलता र उदारताको सम्मान तथा सम्झना स्मरणीय छ। उनको दानले देवता पनि त्रसित भएपछि विष्णुले वामन रूप धारण गरी तीन पाइला दान माग्छन्। दुई पाइलामा स्वर्ग–मत्र्य माग्छन्, तेस्रो पाइला बलीको शिरमा राखेर उनलाई पाताल पठाइन्छ। तर वरदानस्वरूप वर्षमा एक पटक पृथ्वी आउने अनुमति बलीलाई मिल्छ। त्यही आगमनको खुसीमा राजा बलीले पठाएका दूत वा उनका प्रजाहरूले घर–घरमा गई सुख–समृद्धिको कामना गर्दै ‘देउसी’ खेल्ने गरेको किंवदन्ती छ।
आधुनिकताको यो भिडभाडमा यसको व्यवसायीकरणलाई रोदी, मौलिकता, शिष्टाचार र सांस्कृतिक चेतनालाई जोगाइराख्नु आजको आवश्यकता हो । भन्दा अत्युक्ति नहोला कि ?
हामी त्यसै आएनौं, बलीराजाले पठाको : यसरी, ‘देउ’ (देऊ/दिनु) र ‘शिर’ (टाउको÷आशिष) मिलेर ‘देउसी’ बनेको लोकभाष्य छ। दिदीबहिनीले भाइलाई दीर्घायुको कामना गर्दै गाउने गीत पनि हो, देउसी। सुन्दा उस्तै लागे पनि देउसी र भैलीमा अलिकति भिन्नता छ, देउसी पुरुष–समूहको आशिष गान हो भने भैली नारी–समूहको मंगल गान हो।
हामी त्यसै आएनौं, बलीराजाले पठाको।
हे औंसीबारो गाईतिहारो भैलो।।
हे औंसीबारो गाईतिहारो भैलो।।
के हो देउसी–भैली ? : देउसी–भैली पैसा संकलन गर्नेभन्दा पनि आशिष दिने विधि हो। यसका तीन सांस्कृतिक आयाम छन्– क) लक्ष्मीको आह्वान जसमा काग, कुकुर, गाई, गोरु हुँदै लक्ष्मी पूजासम्मको पाँचदिने यमपञ्चकमा घरलाई उज्यालो र मनलाई उदार बनाउँछ। ख) सामुदायिक लेखापरीक्षण जसमा देउसीको टोली घरधनीको प्रशंसा गर्छ– सुनको थालीमा, चन्दनको टीका, तिम्रो घरमा, लक्ष्मी टीका भन्दै नैतिक पुँजीको प्रशंसा गर्छ, अनि दक्षिणा ग्रहण गर्छ। यो एक प्रकारको सामाजिक सम्बन्ध नवीकरण हो। ग) संस्कृति हस्तान्तरण जसमा उसबेला हजुरबुवाले गाएको भाका अचेल नातिले गाउँदै आएको छ। ताल, मादल, झ्यालीको लयमा पुस्तान्तरण भइरहेछ।
कस्तो थियो देउसी–भैली ? : पहिले देउसी–भैलीको स्वरूप निकै पवित्र र व्यवस्थित थियो। पहिलो, समय र मर्यादा हुन्थ्यो। लक्ष्मीपूजाको साँझदेखि भाइटीकाको अघिल्लो रातसम्म मात्र खेलिन्थ्यो। राती अबेरसम्म हल्ला गरिँदैनथ्यो। दोस्रो, मौलिक भाका र मौलिक शब्द हुन्थे। हामी त्यो ठाउँबाट आयौं, जहाँ अशोक फुल्दछ, अशोक फूलको थुँगा, भाइबहिनी जुरमुराउँदा... जस्ता टप्पा र दोहोरीशैलीका गीतमा स्थानीय सन्दर्भ, घरमूलीको नाम, दु:ख–सुख जोडिन्थ्यो। तेस्रो, प्रसादमुखी दक्षिणा हुन्थ्यो। पैसा ठूलो कुरा थिएन। चामल, धान, सेलरोटी र फलफूल नै प्रसाद थियो। उठेको रकमले मन्दिर, पाटी, गुठी चल्थ्यो। भैलीमा त झन् दिदीबहिनीले अक्षता र फूलले आशिष दिन्थे, पैसा गौण हुन्थ्यो।
नयाँ परिवेश, के भयो परिवर्तन ? : पछिल्ला दुई दशकमा देउसी–भैलीको स्वरूपमा ठूलो फेरबदल आएको छ। पहिलो फेरबदल प्रविधिमा छ। मादल र बाँसुरीलाई डीजे, स्पिकर र युट्युबले विस्थापित गरेको छ। कतिपय ठाउँमा त– देउसीरे... देउसीरे... भन्ने मूल धुन नै बिर्सिेर हिन्दी र अंग्रेजी गीतमा देउसी नाच्न थालिएको छ। दोस्रो फेरबदल, उद्देश्यमा। पहिले ‘दिने’ संस्कृति थियो, अहिले ‘लिने’ संस्कृति हावी छ। टोल–सुधार, संस्था आदिको अक्षयकोषका लागि खेलिने देउसी अहिले व्यक्ति केन्द्रित र प्रतिस्पर्धी बनेको छ। कतै–कतै जबरजस्ती चन्दा असुली जस्तो विकृति पनि देखिएको छ।
तेस्रो फेरबदल, सहभागितामा देखिएको छ। पहिले घरका सबै सदस्य आँगनमा बसेर सुन्थे। अहिले मूलत: सहरका घर वा फ्ल्याटको बन्द ढोकाबाट चिहाउने र सकिने बेलामा देउसी–भैलीलाई दिइटोपल्ने काम हुन्छ। भैली खेल्ने दिदीबहिनीको समूह सहर त के गाउँमा पनि घट्दै गएको छ भने बिदेसिएका दाजुभाइका लागि भिडियो कलमै टीका लगाइदिने र देउसी सुनाउने चलन बढेको छ। चौथो, सकारात्मक नयाँपन पनि छ। देउसी–भैली सामाजिक अभियान बनेको छ। क्यान्सर पीडितलाई सहयोग, बाढीपीडितलाई राहत, सार्वजनिक पुस्तकालय निर्माण आदिका लागि देउसीबाट लाखौं उठाउने उदाहरण पनि छन्। यसले देउसीलाई भिक्षाबाट कर्ममा बदलेको छ।
पुरानो र नयाँबीचको तुलनात्मक सार र संस्कार : पुरानो देउसी आत्मीय थियो, नयाँ देउसी व्यवस्थित हुँदैछ। पुरानो ‘भाका प्रधान’ थियो, नयाँ ‘भ्यु प्रधान’ हुँदैछ। पहिले टोलको इज्जतका लागि गाइन्थ्यो, अहिले सामाजिक सञ्जालको रिलका लागि गाइन्छ। तर मूल मर्म भने उही छ– अँध्यारोमा उज्यालो खोज्नु। तसर्थ, देउसी–भैलीलाई जोगाउनु भनेको गीत जोगाउनुमात्र होइन, सामुदायिक संस्कार जोगाउनु पनि हो।
भनिन्छ, तिहार दिदी र भाइबीचको घनिष्ट सम्बन्धको प्रतीक हो। दिदीले भाइको जीवन शुभ र सहज होस् भनी दैलोमाथि ओखर फोरेपछि सबै अनिष्ट हटेर जान्छ भन्ने जनविश्वास चलिआएको छ। यमपञ्चकमा खेलिने देउसी–भैलो पनि केवल गीत र नाचमात्र होइन, यो नेपाली पहिचानको मुटु बन्दै आएको छ आजसम्म। जसले हामीलाई हाम्रा पुर्खाको इतिहास, संस्कार र मिलनसार प्रकृतिको स्मरण गराइरहेछ। https://annapurnapost.com/story/510894/








प्रतिकृया दिनुहोस