दसैंको टीकामा दिइने आशिर्वाद र मन्त्रको अर्थ
नेपालीहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । बोलीचालीका (स्थानीय) भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैंमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।
दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
दशैंको बेला आशीर्वाद दिँदा संस्कृतको यो श्लोक धेरै प्रयोग गरिन्छ ।
यो श्लोकमा भनिएको छ– द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्, हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्, आकाशजस्तो शान्त र पराक्रमी होस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होस् ।
यस्तै अर्को श्लोक छ–
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
जसको अर्थ हुन्छ–
ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी, जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो ।
जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी
जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते
देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तिम्रो जय होस् हे कालरात्रि ! तिमिलाई नमस्कार छ ।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते
सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ
त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।
आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।

दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणा मात्र हो । यो कुनै शास्त्रसम्मत होइन ।
यदी कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन के गर्ने त ? भन्ने पनि प्रश्न उठ्न सक्छ । आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषा प्रधान रहँदैन । संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो । श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ ।

प्रतिकृया दिनुहोस