दिवंगत आफन्तीको तिथी थाहा छैन ,चिन्ता नर्गनुस् यी तिथीमा गर्न मिल्छ महालय श्राद्ध
यतीखेर सोर्ह श्राद्ध चलिरहेको छ । यदी आफ्ना दिवंगत आफन्तीको निधन भएको तिथी थाहा छैन , थाहा नभएका वा बिर्सिएका पितृहरूको सोह्र श्राद्ध (महालया श्राद्ध) गर्ने निश्चित नियम र दिनहरू छन्। शास्त्र अनुसार, यदि आफ्ना दिवङ्गत पितृको मृत्यु भएको निश्चित तिथी थाहा छैन भने, उनीहरूको श्राद्ध तल उल्लेखित दिनहरूमा गर्नुपर्दछः
१. सर्वपितृ औँसी (आश्विन कृष्ण औँसी)
जसको आफ्ना आफन्ती दिवंगत –(पितृ) मृत्यु भएको तिथी थाहा नभएका सबै साधारण पितृहरूका लागि यो सबैभन्दा उत्तम र साझा दिन हो।सोह्र श्राद्धको अन्तिम दिन (औँसी तिथी) मा तिथी बिर्सिएका, थाहा नभएका, वा कुनै कारणले सोह्र श्राद्धको आफ्नै तिथीमा श्राद्ध गर्न सम्भव नभएका सबै पितृहरूको सामूहिक श्राद्ध गरिन्छ। यसलाई सर्वपितृ मोक्ष औँसी पनि भनिन्छ।
२. नवमी तिथी (मातृ नवमी)
कुन पितृका लागिः तिथी थाहा नभएका महिला पितृहरू (आमा, हजुरआमा आदि) का लागि।
सोह्र श्राद्धको आश्विन कृष्ण नवमी तिथीलाई ’मातृ नवमी’ भनिन्छ। यदि आमा वा परिवारका अन्य महिला सदस्यहरूको मृत्यु भएको तिथी थाहा छैन भने यो दिन श्राद्ध गर्दा उत्तम मानिन्छ।
३. द्वादशी तिथी
लागिः घर छोडेर सन्यासी (जोगी) भएका वा दिक्षा लिएका पितृहरूका लागि।
यदि कुनै पितृले सन्यास लिएका थिए र उनीहरूको मृत्युको तिथी थाहा छैन भने द्वादशी तिथीमा श्राद्ध गरिन्छ।
४. चतुर्दशी तिथी
पितृका लागिः दुर्घटना, हतियार, विष, वा अकाल मृत्यु भएका पितृहरूका लागि दुर्घटना वा असाधारण परिस्थितिमा ज्यान गुमाएका र तिथी थाहा नभएका पितृहरूको श्राद्ध चतुर्दशी तिथीमा गर्ने नियम छ।
यदि तपाईंलाई आफ्ना पितृ (जस्तै बुबा, हजुरबुबा आदि) को मृत्यु भएको तिथी बिल्कुलै थाहा छैन भने, सोह्र श्राद्धको अन्तिम दिन पर्ने औँसी तिथी (सर्वपितृ औँसी) मा श्राद्ध गराउनु सबैभन्दा उपयुक्त र शास्त्रसम्मत हुन्छ।

प्रतिकृया दिनुहोस