भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने १० विदेशी पक्राउ
मोरङ : पर्यटक भिसा दुरुपयोग गरी क्रिश्चियन मिशनका लागि शिविर सञ्चालन गर्ने दस विदेशी पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्।
पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्।
गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने दस जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ। शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको गृहले बताएको छ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा १० जना विदेशी नागरिकसहितले सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए।
मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना-ठूला भवन निर्माण गरेको र सोही भवनमा हालः धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भएको थियो। तर, सोही कारणले उब्जिएको विवादलाई मत्थर पार्न व्यवसायी श्रेष्ठले शिविरको आयोजना गरेका थिए।
ती विदेशी नागरिकहरू गत अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको अध्यागमनले जनाएको छ। उनीहरूले भिसाको दुरुपयोग गरी धर्म प्रचार गरेपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरू गरेको छ। https://annapurnapost.com/story/510217/








प्रतिकृया दिनुहोस