विवाह पञ्चमी ३४ जोडीको दाइजो बिनाको सामूहिक विवाह

जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।
परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मङ्गलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।


विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५/२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ ।

दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ । त्यसपछि सम्पर्कमा आएका बेहुला-बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला(बेहुली विपन्न वर्गका हुन्छ ।


विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।नेपाल प्रेसबाट 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...