दिवंगत शुशान्तको परिवारलाई जुट्यो सहयोग


गुन्जनगर,४ मङ्सिर । भरतपुर १८ निवासी दिवंगत शुशान्त अधिकारीको परिवारलाई खाध्यान्न सहितको आर्थिक सहयोग जुटेको छ । उनको निधन भएकोे ९ औं दिनको पुन्य तिथिको दिन उनको काजरिया गरिएको  निवासमा नै पुगी प परिवारजनलाइ सहयोग हस्तान्तरण गरिएको हो ।   चितवन हङकङ सम्पर्क समाज, नेपाली काग्रेस भरतपुर १८ सगै शुशान्तका बुबा का सहपाठी भरतपुर १८ का निवासी बैकं शाखा प्रबन्धक अर्जुन अर्याबाट सयुक्त रुपमा हिजो सोमबार सो विभिन्न सहयोग परिवारलाई प्रदान गरिएको हो  । सो सहयोग हस्तान्तरणका क्रममा    चितवन हङकङ सम्पर्क समाज चितवनका  सचिव बिष्णु ढकाल,,नेपाली काग्रेस क्षेत्रिय सहसचिव इज्दिरा शर्मा भुषाल ,   कांग्रेस  भरतपुर १८ का सभापति , रामकृण्ण पन्डित , उपसभापति बिष्णु पराजुली,जीवन भट्ट,नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि कृष्ण पाण्डे,गुन्जनगर कृषि हाट बजारका अध्यक्ष पुर्ण गुरुङ,गुन्जनगर टोल विकास  सस्थाका अध्यक्ष भरत रानाभाट, युवा व्यवसायी पदम अधिकारी रेडियो साहिनाका कार्यकारी अध्यक्ष सृजना अर्याल लगायतको उपस्थिति रहेको थियोे ।रेडियो साहिनाका व्यवस्थापक विश्वनिधी अर्यालले सो सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गरेका थिए । 
 चितवन पोष्ट दैनिकका चनौली क्षेत्रका वितरक समेत रहेका  शुशान्तका बुबा बाबुराम अधिकारी  कांग्रेस   भरतपुर १८ क्रियाशील सदस्य  हुन् । सो क्रममा कांग्रेस भरतपुर १८ले शाकसभा समेत आयोजना गरेको थियो ।   लामो समय देखि अस्वस्थ शुशान्त अधिकारीको १४ वर्षको उमेरमा गत कार्तिक २५ गते निधन भएको थियो । 

प्रतिकृया दिनुहोस