श्रीराधाकृष्ण मन्दिर भरतपुर ४ को आयोजनामा विशाल महायज्ञ हुँदै

चितवन । श्रीराधाकृष्ण मन्दिर भरतपुर ४ शिवघाटको आयोजनामा सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । आउँदो कात्तिक ४ गतेदेखि ११ गतेसम्म संचालन हुने उक्त महायज्ञमा श्रीधाम वृन्दावन परमतपस्वी सन्तश्री भागवतशरण महाराजको प्रमुख वाचकत्व र पं. श्री अक्लेश केशवशरण अर्यालको मुखारबिन्दबाट प्रवचन हुन लागेको हो ।

उक्त ऐतिहासिक मन्दिरको प्राङ्गण नजिक स्वर्गद्वारीचोकमा स्थानीय समाजसेत्री श्रीहरिकुमार श्रेष्ठद्वारा प्राप्त जग्गामा वि.सं. २०१२ सालतिर नेपालका महान धर्मावार्य एवं नेपाल निम्माकंपीठका प्रथम संस्थापक प्रातः स्मरणीय सार्वभौमाचार्यश्री भगवकरण देवजी महाराजद्वारा विभिन्न अनुष्ठान एवं श्रीमद्भागवत सप्ताह महायज्ञ लगाउनुभइ यो श्रीराधाकृष्ण मन्दिरू वि.सं. २०२६ सालमा स्थापना गर्नुभए‌को थियो। कालान्तरमा मन्दिरको मूर्ति चोरी भएपछि उनै भक्तिनी माताले राधाकृष्णको काष्ठमूर्ति स्थापना गरेर भएपनि विभिन्न तरिकाले सेवा(पूजा चलाउँदै आउनुभएको छ ।
२०१९ सालदेखिको इतिहास बोकेको उक्त राधाकृष्ण मन्दिरको थप स्तरोन्नति सहित विशाल मन्दिर निर्माणका लागि महायज्ञ गर्न लागिएको कार्यक्रम संयोजक ई। नमराज फुयाँलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा २ करोड ५० लाखको आम्दानी हुने अनुमान आयोजकले लिएको छ ।
आज पत्रकार सम्मेलनगरी आयोजकले कार्यतालिका समेत सार्वजनिक गरेको छ । कात्तिक ४ गते कलश यात्रा सहित औपचारिक समुदघाट्न बिहान १० बजे कात्तिक ५ गतेदेखि बिहान ७ बजेबाट ८ बजेसम्म मण्डप पुजन, रुद्राभिषेक, पाठपारायण, सङ्किर्तन सहित कात्तिक ११ गते हवन, तिलार्चनगरी महायज्ञ समापन हुनेछ ।
सहयोगी दाताहरुले मन्दिर निर्माणका लागि स्वइच्छाले सहयोग गर्न सक्ने फुयाँलको भनाइ छ । उक्त महायज्ञमा ५० हजार भन्दाबढी भक्तजनहरुले अबलोकन गर्ने अनुमान आयोजकले लिएको छ ।:kalikanews

प्रतिकृया दिनुहोस