श्रेष्ठ दम्पतीले गरे गौ संरक्षण केन्द्रलाई १ लाख बढीको सहयोग

भरतपुर । भरतपुर २ आदर्शनगर निवासी धार्मिक एबम् आध्यात्मिक व्यक्तित्व गोपीमान श्रेष्ठ र उहाको धर्म पत्नी बिना देवी श्रेष्ठले आज पितृ विसर्जन औंसी श्राद्धको अवसरमा श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा संचालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा संरक्षित गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देश्यले स्थापित अक्षयकोषमा  रु १ लाख १ सय ५ रुपैयाँ प्रदान गर्नु भइ गौ संरक्षण केन्द्रको संरक्षक सदस्य बन्नु भएको छ । 

 राष्ट्रगुरु योगी नरहरिनाथले २०४३ साल बाट शुरू गर्नु भएको गौ संरक्षण अभियान अहिले सम्म चलेको छ । अहिले २५० जति स्थानिय जातका गाई त्यहा संरक्षित रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्र सञ्चालक समितिका अध्यक्ष नवराज ढकालले बताउनुहुन्छ ।

 गाईको रक्षा भयो भने मात्र वैद्धिक सनातन धर्मको रक्षा हुनाले धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ रैथाने गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उदेश्यले यहां गौ संरक्षण अभियान सञ्चालनमा रहेको बताउनु हुन्छ ढकाल ।  गौ संरक्षण केन्द्रमा यस क्षेत्रका गौ भक्त महानुभावले जन स्तरबाट सहयोग जुट्ने र त्यसको उचित व्यवस्थापन गौ संरक्षण केन्द्र सञ्चालक समितिले गर्ने गरेको छ । अक्षयकोष रकमलाई बढाई कार्तिक सम्म एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको र हाल सम्म रु ८२ लाख रकम अक्षयकोष खातामा रहेको जानकारी पनि अध्यक्ष ढकालले गराउनु भयो । यहाँ रहेका स्थानिय जातका गाईलाई सेवा गर्न , गौ दर्शन गर्न आउन सबैलाई अनुरोध गर्दै यो अभियानमा जुटन पनि अपिल गर्नु हुन्छ अध्यक्ष ढकाल ।

यस अवसरमा दाता गोपिमान श्रेष्ठले गौ सेवा जस्तो पवित्र कार्यमा जुटन पाउँदा आफूलाई आनन्द लागेको बताउनु भयो । वैद्धिक गाई संरक्षणमा सबैजना लाग्न हुन अनुरोध गर्दै जीवनमा गर्नै पर्ने सेवामा गौ सेवा रहेकोले आफु नियमित चोकर दाता पनि भएको र वागीश्वरी क्षेत्रमा आउँदा आनन्दको अनुभूति हुने कुरा बताउनु हुन्छ । सो अवसरमा श्री वागीश्वरी आध्यात्मिक परिषद्का योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र गौ संरक्षण केन्द्रका सदस्य दयामुर्ती पोखरेलको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...