पर्यावरण संरक्षण एवं सम्वर्दन संस्थाद्धारा मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न

चनौली । भरतपुर महानगरपालिका वडा नं १८ अवस्थित वोटनी देवी मन्दिर परिसरमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । पर्यावरण संरक्षण एवं सम्वर्दन सस्थाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

वोटनी देवि मन्दिर परिसर सरसफाई कार्यक्रममा चितवन जिल्ला समन्वय समितिका सदस्य कृष्ण प्रसाद भट्टराई वडा नं १८ को जनप्रतिनिध सदस्य लक्ष्मी सर्मा अधिकारी, पर्यावरण संरक्षण एवं सम्वर्दन समितिका अध्यक्ष दयानिधि अर्याल सोहि सस्थाका कार्यसमितिका सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।

नितान्त सेवाको भावना वाट उत्प्रेरित रहेर शिक्षा, पर्यावरण, वातावरणको संरक्षण गर्ने उद्धेश्यका साथ जन्म लिएको यो सस्थाले स्थानिय ब्यक्तिहरुको सकृयतामा वातावरण तथा पर्यावरणको क्षेत्रमा जनहितका कार्यगर्ने भन्ने जानकारी सस्थाका अध्यक्ष दयानिधि अर्यालले गराउनु भयो । 

सो अवसरमा केहि विरुवाहरुको मन्दिर परिसरमा वृक्षरोपण पनि गरिएको थियो ।नर्सरी विरुवा उत्पादन गरि स्थानिय लाइ वातावरण सम्वन्धी सचेतना कार्यक्रम पनि निकट भविश्यमा यस सस्थाले गर्ने जानाकारी गराएको छ |

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...