समावेशीतालाई समाप्त पार्न गठबन्धन गरिएको होईन: पूर्व अर्थमन्त्री महत्त

शारदानगर । देशको विषम परिस्थिीतिका कारण नै दुई ठुला दल मिल्न  परेको पुर्वमन्त्री कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र ३ प्रदेशकको आयोजनामा वुधवार पश्चिम चितवनको शारदानगरमा प्रजातन्त्र सेनानी टिकाराम भन्डारीको सातौ दिनको पुण्य तिथीका दिन आयोजीति  शोकसभामा शोक मन्त्वय  राख्दै उहाँले यस्तो बताउनु भएको हो । सो क्रममा उहाँले सामान्यतया दुई ठुला दल एक सत्तामा र  अर्का प्रतिपक्षमा बस्नुपर्ने भएपनि जनताको मतको कदर गर्दे दुई ठुला दल मिल्न परेको प्रष्टाउनु भयो । 
उहाँले भन्नुभयो “तेस्रो ,चौथो दलले  नेत्ृत्व गर्दा उसमा म नै सर्वेसर्वा हो ,म जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता बिकसीत भएको कारण    दुवै बिच गठबन्धन गर्नुपर्ने भएको हो ”
 । उहाँले यो परिस्थीतिमा धेरै विश्लेषकहरुका अनुसार पनि  आशा र चुनौती दुवै थपेको भन्नुभयो । उहाँले  यो भन्दा अर्का परिक्षण निवार्चन भन्दा अघि नभएको भन्नुहुदै , नेपाली कांग्रेसले पनि आफ्ना कमीकमजोरीलाई छोडेर यर्थाथको धरातलमा उभिएर पार्टी मात्र सर्वापरि होइन जनतालाई केन्द्रमा राखेर कार्य गर्ने भनाई राख्नु भयो । 

उहाँले संविधान संशोधनका विषयमा माओवादीपार्टी लगायतकाले पछाडी परेको वर्ग ,क्षेत्र,  महिला लगायतको समानुपातिक अधिकार खोस्न लागे भन्ने अपवाफ फैलाएर सहानुभुति लिन खोजेको आरोप लगाउनु भयो । सो क्रममा उहाँले भारत लगायतका देशका निवार्चन प्रणालीहरु अध्यन गरिकन एकल पार्टीको बहुमत आउन सक्ने निवार्चन प्रणालीको लागि संविधान शंशोधन आवश्यक भएको भनाई राख्नु भयो ।

पूर्व मन्त्री महत्तले  समावेशीतालाई समाप्त पार्नको लागि संविधान शंशोधन गर्न लागे भन्नु गलत भएको भन्नुहुदै  उहाँले  समावेशीतालाई  सुनिश्चित गरेर निवार्चनमा जान सकिने बताउनु भयो । मन्त्री महत्तले  स्थाई सरकारका लागि पनि  बहुमत ल्याउने   सक्ने  निर्वाचन प्रणाली जानु आवश्यक रहेको प्रष्टाउनु भयो । 
सो शोकसभामा   नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले दिवंगत  प्रजातन्त्र सेनानी भरतपुर १९का पूर्व वडा अध्यक्ष कर्ण बहादुर गुरुङ भण्डारीको योगदान बारे चर्चा गर्नुभएको थियो । कांग्रेस क्षेत्र ३ प्रदेश –(क¬¬) का सभापति खेमनारायण सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस चितवनका पार्टी सभापति राजेश्वर खनाल ,प्रवक्ता अनमोल अधिकारी , पूर्व पार्टी सभापति तोपमान सिंह गुरुङ्घ, वडा १९ का पुर्व वडा अध्यक्ष कर्ण बहादुर गुरुङ ,कांग्रेस भरतपुर २० का वडा सभापति तम बहादुर पुन , दिवंगत भण्डारीका छोरा कांग्रेस चितवनका युवा नेता सोम प्रसाद भन्डारी , लगायतले बोल्नु भएको थियो । सो क्रममा  नेपाली कांग्रेस ,प्रदेश समिति , वडा समिति का साथै , शारदानगर जेसिज ,परमानन्द वैदिक  सस्कृंत गुरुकुल , रेडियो साहिनो ,क्षेत्री समाज चितवन, शारदानगर , टोल बिकास सस्था  लगायत विभिन्न संघ सस्थाहरुको समवेदना पत्र हस्तान्तरण गरिएको थियो  ।सो कार्यक्रमको सहजिकरण कांग्रेस बाग्मतीका सचिव आनन्द सुवेदी  गर्नुभएको थियो । 

तत्कालिन शारदानगर गाउँ पँञ्चायत वडा ५ का वडा अध्यक्ष समेत रहनु भएका प्रजातन्त्र सेनानी भण्डारीको गत साउन ३ गते ८४ वर्षको उमेरमा भरतपुर २० स्थित  निवास शारदानगरमामा नै निधन भएको थियो ।  उहाँले  क्षेत्री समाज चितवको भवन निमार्णको लागि ५० लाख मुल्य पर्ने जग्गा समेत दान गर्नुभएको छ । उहाँको श्रीमती, ३ छोरा र २ छोरी रहनुभएको छ । सो शोकसभा कार्यक्रममा संविधान सदस्य विण्णुमाया परियार , बाग्मती प्रदेशसभा सदस्य माया श्रेष्ठ , भरतपुुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी ,पूर्व उपप्रमुख पार्वती शाह ठकुरी , कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने ,माडीनगरपालिकाका उपप्रमुख खेमराज महत्तो , भरतपुर महानगरपालिका विभिन्न वडाका वडा अध्यक्षहरु लगायत कांग्रेस चितवनका नेता तथा कार्यकर्ता सहित विभिन्न सामाजीक व्याक्तित्वहरु को बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस