मनकामना केबुलकार ५० दिन बन्द हुने

चितवन,२ असार । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

‘नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने। सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा)समेत फेर्ने तयारी भएको उनले बताए। मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो।

नेपालमा पहिलोपटक २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालन गरिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...