रत्ननगर महोत्सवमा धार्मिक महत्व बुझाउन शंखनाद कार्यक्रम

रत्ननगर,४ माघ । नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै रत्ननगरमा पहिलो पटक शंखनाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्दै मंगलकारी ध्वनियन्त्र, ॐ ध्वनिको प्रतिक "शंख" र यसको ध्वनि वैदिक मान्यता अनुरुप ब्रह्माण्डको पहिलो ध्वनि, शब्द तथा संगीतका रुपमा शंख ध्वनिलाई लिने गरिएको छ । राप्ती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत निलम कुमार न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रम रत्ननगर महोत्सव २०८० का कला संस्कृति प्रवर्द्धन समितिका संयोजक प्रकाशमणी सापकोटाको अध्यक्षता र सूचना प्रविधि व्यवस्थापन समितिका संयोजक वेद प्रसाद आचार्यको संयोजनमा भएको हो ।

शंखको धार्मिक तथा मानव स्वास्थ्यको बारेमा उल्लेख गर्दै प्रमुख अतिथि न्यौपानेले शंख एक ब्रह्माण्डको पहिलो ध्वनि प्रतिक  जसबाट शब्द तथा संगीतको उत्पत्ति हुनुका साथै वेदको शुरुवात भएको थियो भने शंख दिनहुँ फुक्दा फोक्सो तथा मुटु स्वस्थ्य रहने वैज्ञानिक समेतबाट पुष्टि भएको छ । शंख फुक्नाले वरपर भएका नकारात्मक भाव तथा दुषित कीटपतङ्गहरु परास्त हुने तथा शंख ध्वनि सुनेर देव देवताहरु प्रसन्न भई वातावरण सन्तुलनमा सहयोग पु-याउने एवं सकारात्मक उर्जा पैदा हुने कुरा बताएका थिए ।

शंख पूजाआजामा शंख जल चडाउन तथा कुनैपनि शुभकार्य तथा मृत्यु हुँदाका बखत सूचना दिनका लागि समेत अपरिहार्य रहेको छ । शंखको आवाज फरक  फरक अवस्था र उद्देश्य अनुरुप फरक फरक ध्वनि प्रवाहित गर्ने गरि सांकेतिक रुपमा बलियो सूचनाको रुपमा वैदिक सनातनीहरुले प्रयोग गर्ने गरेको सूचना प्रविधि व्यवस्थापन समितिका संयोजक वेद प्रसाद आचार्यले बताए ।

उक्त कार्यक्रममा मूल समितिका संयोजक शंकर गिरी, निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संस्थापक अध्यक्ष हरिशरण पाठक विशिष्ट अतिथि तथा अतिथिहरु जयहरिकीर्तन मण्डमका संस्थापक भगवान आचार्य, गायत्री हरिहर मन्दिरका अध्यक्ष नेमराज शर्मा पौडेल, गायत्री वेदवेदाङ्ग संस्कृत गुरुकुलमका सचिव निलकण्ठ पौडेल, श्रीराम संस्कृत गुरुकुलम जयमंगलाका प्राचार्य वैकुण्ठ अधिकारी लगायतले शंखको महत्वका बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...