नारायणगढमा योमरी, सेल-रोटी र बाराको २ दिने मेला

चितवन,२८ पुस । योमरी-सेलरोटी-बारा, पुस्तकालय निर्माणको सहारा" मूल नारासहित, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट तथा पुतली बजार महिला समूहद्वारा संयुक्त रूपमा आयोजित "पुस्तकालय निर्माण सहयोगार्थ कार्यक्रम" यही पौष २९ र माघ १ गते बिहान ११ बजे देखी पुतली बजार (भीमसेन मन्दिर अगाडि), नारायणगढमा आयोजना हुन गइरहेको छ।
 
उक्त २ दिने कार्यक्रम स्थलमा योमरी, सेल-रोटी र बारा पाइनेछ। कार्यक्रमबाट सङ्कलन भएको पूरा रकम आधारभूत विद्यालय शरणपुरमा पुस्तकालय निर्माण कार्य सम्पन्न गर्न प्रयोग हुने, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट का अध्यक्ष सुरज भण्डारीले जानकारी गराए।
 
खानेकुराहरू १०० प्रतिशत शाकाहारी, शुद्ध र सफा रहने कुरामा विश्वस्त रहन पनि उनले अनुरोध गरेका छन् । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले यस अघि पनि चितवन जिल्लामा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...