संस्कृति-मन्त्री किराँतीको विरुद्धमा विश्व हिन्दु महासङ्घले चितवनमा गर्यो विरोध प्रदर्शन

भरतपुर । संस्कृति मन्त्री सुदन किराँतीले हिजो एक कार्यक्रममा क्रिस्चियनको विरोध गर्ने संविधान विरोधी भएको र त्यस्ता देशद्रोहीलाई जेल हाल्नुपर्ने भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विश्व हिन्दु महासङ्घ चितवनले ॐकार परिवारको सहभागितामा चितवनको नारायणघाटमा विरोध प्रदर्शन गरेको छ ।

महासङ्घ चितवनका अध्यक्ष प्रेम गैरेको नेतृत्वमा भएको प्रदर्शनमा इसाइको प्रवक्ता संस्कृति मन्त्री राजीनामा दे ,वैदिक सनातन संस्कृतिमाथिको अतिक्रमण बन्द गर, संस्कृतिमन्त्री भ्रष्ट हो, नेपाल हिन्दुराष्ट्र हो जस्ता नारा लेखिएका प्लेकार्डका साथ नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। साथै नारायणगढको पुलचोकमा आज साँझ मन्त्री किराँतीका तस्वीर समेत जलाए ।

किराँतीले एक कार्यक्रममा क्रिश्चियन धर्म नमान्नु भनेको संविधान नमान्नु र संविधान नमान्ने मानिस देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि किराँतीको सर्वत्र आलोचना भएको छ भने हिन्दु सम्बन्ध विभिन्न संघसंस्थाले उनको राजिनामा मागेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...