रहेनन् शैलजा आचार्य स्मृती प्रतिष्ठानका केन्द्रिय महासचिव गौडेल

चितवन,२ कार्तिक । शैलजा आचार्य स्मृति प्रतिष्ठानका केन्द्रीय महासचिव पूर्ण प्रसाद गौडलेको ६२ वर्षको उमेरमा निधन भएको छ । 

२०१८ साल वैशाख १५ गते पिता गणेशदत गौडेल र माता भगवती गौडलेको कान्छो छोराको रूपमा जन्मिनुभएको उहाँ हृदय घातका कारण हिजो चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ शैलजा आचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय महासचिव, नवलपुर जिल्ला सभापति नेपाली काँग्रेस गण्डकी प्रदेश स्थानीय समन्वय समितिका उप संयोजक काँग्रेस नवलपुर जिल्लाको क्षेत्रीय प्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका आजीवन सदस्य लगायत दर्जन भन्दा बढी सङ्घ संस्थामा आबद्ध हुनुहुन्थ्यो ।

गौडेल नेपाल सरकारको निजामती सेवामा ३५ वर्ष सेवा गरी विगत ५ वर्ष अगाडी सेवा निवृत्त हुनुभएको थियो । सेवामा रहँदा उहाँ कर्तव्यनिष्ठ सेवकको रूपमा कार्यरत हुनहुन्थ्यो । असल कर्तव्यनिष्ठ कर्मचारी भएकै कारण उहाँ नेपाल सरकारबाट गोरखा दक्षिण वाहु पदकबाट सम्मानित हुनु भएको थियो । उहाँको श्रीमती  दुई छोरा र एक छोरी हुनुहुन्छ । 

गौडलेको आज नै अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा पूर्व मन्त्री,काँग्रेस केन्द्रीय सदस्य, प्रतिष्ठान केन्द्रीय अध्यक्ष उमा रेग्मीले काँग्रेस पार्टीको झन्डा ओढाउनु भएको थियो ।अन्त्येष्टि समारोहमा वाग्मती प्रदेश सभा सदस्य माया श्रेष्ठ काँग्रेस महासमिति सदस्य पार्वती शाह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...