गायत्री हरिहर मन्दिर समितिद्धारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत
रत्ननगर,२३ माघ । रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गरेको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा तल्लीन हुने प्रमुख जिल्ला अधिकारीलाई धर्मका विषयमा जानकारी गराइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज शर्मा पौडेल,धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरी, गुरुकुलमका अध्यक्ष सोमप्रसाद भट्टले प्रमुख जिल्ला अधिकारी पोडेलाई स्वागत गरेका थिए ।
गायत्री हरिहर मन्दिरमा निर्माण भइरहेको धर्मशालाको विषयमा प्रजिअलाई जानकारी गराउदै धार्मिक पर्यटनको विकासका विषयमा जानकारी गराइएको निर्माण समितिका संयोजक गिरीले बताए । प्रमुख जिल्ला अधिकारी पनि धार्मिक व्यक्ति हुनुहुदो रहेछ संयोजक गिरीले भने उहाँलाई धर्मशाला निर्माण र धर्म संरक्षणको विषयमा जानकारी गराएका छौं ।
धर्ममाथीको हस्तक्षेपका कारण सनातन हिन्दुधर्म संकटमा परेकाले धर्मालम्बी र राज्यको सहकार्यमा सनातन हिन्दुधर्म संरक्षण अभियान चलाउने विषयमा समेत छलफल भएको छ ।
प्रतिकृया दिनुहोस