एकादशी ,बाला चर्तुदशी लगायतका मेलाहरु घरमै बसेर मनाउन देबघाट क्षेत्र बिकास समितीको अनुरोध

  देवघाटधाम , ११,मंसिर ।धार्मिक तीर्थस्थल देव घाटधाम सनातन संस्कृतीका अनुयायीहरुको आस्थाको केन्द्र हो ।बिभिन्न धार्मीक,सांस्कृतिक मेला पर्वहरुमा भक्तजनहरुको ठुलो जमघट हुने परम्परा देवघाटधाममा सदियौ देखि चलिरहेको छ । हरेक बर्ष लाग्ने गरेको आज परेको हरिबोधनी एकादशी ,बालाचर्तुदशी लगायतका मेला पर्वहरुको अवसरमा दे वघाटधाममा धामीर्क तीथयात्रीहरुको अत्याधिक भिड हुन सक्ने भएकाले कोरोना भाइरसको उच्च जोखिम रहिरहेकाले समितिले मेला,पर्व,उत्सव र भिडभाड नगरी घरमै बसेर मनाउन अनुरोध गरेको छ। एक विज्ञप्ति जारी गर्दै समितिले यस्तो आग्रह गरेको हो । देब घाट क्षेत्र बिकास समिती कार्यकारी निर्देशक धिरण बाबू घिमिरे द्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको जोखिम रहिरहेकोले नेपाल सरकारको सरकारको निती कायमै रहेको हँुदा यो वर्ष बर्षको हरिबोधनी एकादशी बाला चर्तुदशी लगायत मेला परम्परा अनुसार घरमै बसेर मनाउन देब घाट क्षेत्र बिकास समितीले अनुरोध गरिएको छ । समितिले यस बाट भक्तजनहरुकमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी समेत मागेको छ ।

प्रतिकृया दिनुहोस