शूरु नहुदै विवादमा देवघाटमहोत्सव

पुष, २१, देवघाटधाम । 
धार्मिक तथा पर्यटकीय गन्त्वय  देवघाट धाममा  माघ १   गतेबाट संचालन हुन लागेको देवघाट महा महोत्सव २०८१ बारे विभिन्न धेरैले चिन्ता व्यक्त गरेका छन् ।  पन्डित ईश्वरकृण महाराजको सत्तसंकल्प भन्दै १ महिनासम्म लगाउन लागिएको  देवघाट महोत्सव बारे चिन्ता उब्जुनुको कारण ै धार्मिक अगुवाहरुको  यस्तो रहेको छ ।  देवघाटधामको महत्व सगै मकर स्नानको महत्वलाई ओझेल पार्न १ महिना धार्मिक क्षेत्र कब्जाको शैलीमा भ्रम छर्न महामहोत्सव लगाउन लागिएको भन्ने जनगुनासोको कारण धार्मिक अगुवाहरुले चिन्ता प्रकट गरेका हुन् । यसै सम्बन्धमा शुक्रवार त विश्व हिन्दु महासंघ नेपाल, चितवनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको छ   । महासंघले जारी गरेको विज्ञप्तीमा धार्मिक क्षेत्रलाई कब्जा गरि हिन्दु धर्मालम्बीहरुको मर्म र भावनालाई ठेस पुर्र्याई अनुचित आर्थिक गतिबिधी संचालन गर्न लागेको भन्ने जन गुनासो आएको उल्लेख छ ।  

विश्वहिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरे तथा  विश्व हिन्दु युवा संघ, चितवनका अध्यक्ष श्याम पौडेल लगायत विभिन्न धार्मिक संघसंस्थाका अभियन्ताहरुको उपस्थितीमा बुझाईएको ध्यानाकर्षण पत्रमा देवाघाट क्षेत्र बिकास समीतिसँग ठेक्का लिई कुनै एक स्वघोषित महाराजले महिनौ दिन सम्म लाखौ भक्तजनहरुलाई प्रभावामापारी स्वतन्त्र धार्मिक गतिबिधीलाई नै रोक्ने गरी गर्न लागिएको उक्त महोत्सव आर्थिक चलखेल र अनुचित लाभका लागि भएको भन्ने जिकिर गर्दै स्थानीय धार्मिक संघ संस्था र सरोकारवाला पक्षसंग समन्वय नगरी अगाडि बढेमा त्यस्ता कार्यक्रम रोक्ने चेतावनी दिईएको छ ।
देवघाट क्षेत्र विकास समितिको सक्रियता विगत देखि मक स्नान मेला भने प्रत्येक वर्ष देवघाटधाममा आयोजना गरिदै आएको छ । मकर स्रकान्ती माघ १ गते लाई नै लक्षित गरि मसान्त देखि बढीमा हप्ता दिन सम्म मकर मेला आयोजना गर्ने गरिदै आएको छ । माघ महिना भर नै स्नानको लागि उपयुक्त मान्निछ । जस्ले गर्दा श्रद्धालुहरु माघे स्नानका लागि देवघाट आउने गर्दछन् । बिगतमा पनि पन्डित ईश्वरकृण्ण कै सक्रियतामा मकरस्नान मेला लगाइएको थियो । आर्थिक पादरर्शीता नअपानइएको भन्दै सो मेला  सम्पन्न पश्चात  विवादित भएको थियो । मकर स्रकान्तीका अवसरमा देवघाटका संगममा भगवानहरु स्नान गर्न आउने शास्त्रिय मान्यता रहेको छ । यस अवसरमा स्नात गर्दा भगवान सगै दिव्य स्नान गर्न पाहिने जनविश्वास रहेको छ । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

पिपलको रुखमा भगवानको आकृति, भक्तजनको भीड

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुर स्थित खडक खोला तटबन्धमा केही दिन यता निकै भी...