माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग


चितवन
राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्चारमाध्यममा आएको अभिव्यक्तिप्रति माफी माग्नुको सट भिडियो  तोडमोड गरिएको भन्दै विभिन्न धार्मिक संगसंगठनले विज्ञप्ती नै जारी गरी आपत्ती जनाएका छन् नेपालको राष्ट्रिय जनावर संवैधानिक रूपमा संरक्षित गौमातालाई लक्षित गर्दै “गाई काटेर खान किन नहुने” भन्ने आपत्तिजनक अभिव्यक्ति दिएको विषय सार्वजनिक भए सगै धार्मिक संघसंगठनले आपत्ती जनाउदै विज्ञप्ती जारी गरेका हुन् । 
विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तीवारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा उम्मेदवार सुनारकोउक्त अभिव्यक्ति गम्भीर आपत्तिजनक, गैर–जिम्मेवार, कानुनविपरीत तथा सामाजिक सद्भाव विघटन गर्ने प्रकृतिको भएको ठहर गरेको छ । विज्ञप्तीमा संविधान, धर्म, संस्कृति र संस्कारविरुद्ध जाने, राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउने किसिमका गैर–जिम्मेवार, धर्मविरोधी तथा असंवेदनशील अभिव्यक्ति दिने व्यक्ति, समूह वा राजनीतिक शक्तिहरूका विरुद्ध समयमै उचित आवाज उठाउनुपर्ने बेला आएको उल्लेख गरिएको छ । 
महासंघले  धर्म, संस्कृति र संस्कार कुनै समुदायको मात्र विषय नभई देशको आत्मा, पहिचान र सभ्यताको आधार हुन्। अतः सनातन धर्म, गौमाता, धार्मिक सहिष्णुता तथा राष्ट्रिय संस्कृतिप्रति सम्मान नदेखाउने, निर्वाचनलाई धर्मविरोधी अभिव्यक्तिको माध्यम बनाउने र उत्तेजना फैलाउने यस्ता गैर–जिम्मेवार अभिव्यक्तिहरू लोकतान्त्रिक अधिकार प्रयोगको नाममा सह्य नहुने  समेत विज्ञप्तमा मार्फत स्पष्ट गरेको छ । 
विज्ञप्तीमा संविधानको मर्म र भावना विपरीत धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव खल्बल्याउने अभिव्यक्ति तथा गतिविधिहरू तत्काल रोकिनु पर्ने भन्दै सम्बन्धित निकायहरूले गम्भीर रूपमा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । यसैगरी वैदिक धर्म परिषद् नेपालले पनि शुक्रवार एक विज्ञप्ती जारी गर्दै उम्मेदवार सुनाँरको अभिव्यक्तिले सम्पुर्ण सनातनीको आस्थामाथि आचँ पुगेको भन्दै खेद प्रकट गरेको छ । परिषद् नेपालका केन्द्रिय अध्यक्ष धुवराज शर्मा अर्याल र महासचिव पार्वती भन्डारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा देशको राष्ट्रिय चिन्ह्का विरुद्ध अभिव्यक्ति दिनेले देशको हितमा भोली पनि काम गर्न नसक्ने भन्दै उम्मेदवार सुनार प्रति निवाचन आयोग सगै नेपाल सरकार सगँ कावाहीको लागि माग गरेको छ । 
उम्मेदवार सुनारले केहि दिन अघि सञ्चारमाध्यममा मटन खान  हुने ,  गाईको मासु खान किन नहुने , राष्ट्रिय जनावर गाई हुने गोरु किन नहुने लगायतका संविधान विरोधी अभिव्यक्ति दिएपछि उनको उम्मेदवारीमा माथी नै प्रश्न उठाउदै चर्का विरोध गरिएको छ । सामाजिक सञ्जालल मा पनि यस विषयमा चर्का विरोधको आवाज उठिरहेको छ । 

प्रतिकृया दिनुहोस