सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाही गर्न माग
चितवन,२३ मंसिर । रामान्दाचार्य सेवा पिठ चतराधामका पिठाधिश जगदगुरु रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कारबाही गर्न विश्व हिन्दू परिषद् नेपालले माग गरेको छ । जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सोमबार सफाई दिएसँगै विश्व हिन्दू परिषद्ले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारवाहीको माग गरेको हो ।मंंगलवार एक विज्ञप्ती जारी गर्दे गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएको भन्दै परिषद्ले आरोप लगाउनेलाई कारबाहीको माग गरेको हो ।
परिषदका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बहुसंख्यक हिन्दुहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुर्व्यवहार गरिनु चिन्ताजनक विषय हो ’ । प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नुपरेको समेत विज्ञप्तीमा जनाएको छ । पछिल्लो समयमा वैदिक सनातन सस्कृति र त्यसका अनुयायी ,प्रवद्धकहिन्दू साधुसन्तहरुमाथि श्रृंखलावद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडागरेको उल्ेलेख गरेको छ । विज्ञप्तीमा परिषद्ले हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरी प्रशासनले पूज्य सन्तविरुद्ध कारवाही गर्नु शंकास्पद रहेको उल्लेख गरेको छ ।
प्रशासनबाट गरिएको कृत्यको विश्व हिन्दु परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दु आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दासको चरित्र हत्या गर्नेलाई कारवाहीको गर्नुपर्ने माग समेत अगाडि सारेको छ ।
अबका दिनमा हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद् नेपाल आग्रह गरेको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले उनलाई रिहा गरेका हुन् ।
सुनसरी जिल्लाको एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको हो ।
प्रतिकृया दिनुहोस