पूर्वी चितवनमा भजन तथा शंख वादन प्रतियोगीता हुदै

नेपालीहरुको पहिचान र गौरवको संस्कृति  लोक भजनको  संरक्षण गर्न राष्ट्रिय भजन तथा शखं वादन  प्रतियोगिता २०८२ हुने भएको छ । पूर्वी चितवनको रत्ननगर १५ स्थित माधवपुरको खेल मैदानमा  यही माघ २४ गते प्रतियोगिता गर्न लागिएको  हो । माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समितिको आयोजनामा हुने यस प्रतियोगीताको उदेश्य  युवा पुस्ताले बिस्तारै बिर्सिदै गएको नेपाली लोक भजन सस्कृतिलाई संरक्षण तथा जगेर्ना गर्ने रहेको  आयोजकले जनाएको  छ ।

यस प्रतियोगीता मार्फत माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रको रुपमा उभ्याउने लक्ष्य लिइएको समितिका सचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो । उहाँले प्रतियोगीताको अत्यन्त सकारात्मक रुपमा लिइएको भन्नुहुदै चर्चित भजन समुहहरु सहभागी हुन आउने बताउनु भयो । वडा १५ कै  माधवपुर खेलकुद विकास समितिको खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितामा सञ्चालन गर्नका लागि ५ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।


प्रतियोगितामा देशभरका भजन समूह तथा शङ्ख वादकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । एक समूहमा अधिकतम २० जना सहभागि हुन पाउनेछन् । समूहगत पोसाक पनि अनिर्वाय गरिएको कट्टेलले जानकारी दिनुभयो । भजन प्रस्तुती १० मिनेटको हुनेछ । माघ २० गतेसम्म भजन समूहले प्रतियोगतामा सहभागि हुनका लागि नाम दर्ता गराउनुपर्नेछ ।
भजन प्रतियोगितामा प्रथम पुरस्कार राशी ४० हजार, द्धितीय राशी ३० हजार तृतीय राशी २० हजार र सान्तोना पुरस्कार राशी १० हजार रुपैयाँ रहेका छ । त्यसैगरी शंख वादन  प्रतियोगिता तर्फ प्रथम द्धितीय र तृतीय हुने वादकलाई क्रमशः ५ हजार ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।  प्रतियोगिताको निर्णायक मण्डलमा गीतकार तथा संगीतकार अर्जुन पोख्रेल, लोकप्रिय गायिका बबिता बानियाँ रहेका छन् ।
आध्यात्मिक जागरण तथा सस्कृति संरक्षणको दाईत्व वडाको पनि रहेको भन्नुहुदै रत्नगर १५ का वडाध्यक्ष आशिक तामाङले वडाले पनि केहि  आर्थिक सहयोग गरेकोे जानकारी गराउनुभयो । उहाँले प्रतियोगीतामा सहभागीताका साथै अवलोकन गर्न  पनि सबैलाई आग्रह गर्नुभएको छ । 


प्रतिकृया दिनुहोस