ओमकार परिवारको भवन निमार्ण कार्यसुरु

 भरतपुर ६ जेठ ।ब्राहमण समाज नेपाल चितवनले ओमकार परिवारको  भवन निमार्ण कार्य सुरु गरेको छ । गत माघ १५ देखि २३ गतेसम्म भरतपुर ९ शरदपुरमा आफ्नै जमिनमा महायज्ञको आयोजना गरि महायज्ञबाट संकलित रकमले भवन निमार्ण कार्यको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बिच महायज्ञबाट उठेको रकमको आय ब्याय  सार्वजनिक गर्दै भवन निमार्ण कार्यको थालनी गरेको हो ।

ब्राहमण समाज र ओम कार परिवार संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा २ करोड १६ लाख ९१ हजार ६ सय ६२ रुपैया  संकलन भएको र २१ लाख ४३ हजार २ सय ८८ रुपैया खर्च भएको महायज्ञ मुल समितिमहायज्ञ संयोजक टंकनाथ पौडेलले बताउनु भयो । त्यस्तै १ करोड १४ लाख ७ हजार ८ सय ८९ रुपैया बोलकबोल उठाउन बाँकी रहेको  महायज्ञका  आर्थिक संयोजक रामप्रसाद ओस्तीले जनाउनु भयो । उहाँले महायज्ञ सम्पन्न भएपश्चात भवन निमार्ण शुरु गर्न लागिएपनि लकडाउनका कारण अहिले शुरु गर्न लागेको बताउनु भयो ।  लेखा परिक्षक भोजराज न्यौपानेले आर्थिक प्रतिबेदन  मुल समितिका संयोजक टंकनाथ पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।महायज्ञ गत ममाघ १५ देखि २३ गते सम्म ओमकार परिवारको  भवनसगै ,सनातन सभ्यता , धर्म सस्कृतिको रक्षा का लागि जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने महान् अभियान एवं  धार्मिक पुस्ताकालय, योग तथा सत्सगं भवन निमार्ण गर्ने लगायतका    उदेश्यका  लगाइएको थियो 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...