मातातिर्थ औसीमा १०८ आमा सम्मानीत

मकवानपुर । वैशाख २१ मातातिर्थ औसीको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको आमा घर सेवा आश्रमले शनिबार एक सय आठ जना आमालाइ सम्मान asगरेको छ । प्रदेश नम्बर तीन प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । सो आमा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख अतिथी कोइरालाले आमा र भगवानमा केही फरक नभएको बताउनु भयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राज दादीको अध्यक्षतामा सम्पन्न सम्मान समारोहलाई नायक निखिल उप्रेती, मिस नेपाल श्रृंखला खतिवडा, प्रदेश नम्बर तीनका सभामुख सानुकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ह्मकुमारी राजयोग सेवाकेन्दले आर्दश समाज निमार्णमा योगदान पुराउने लक्ष्यका साथ आमा घर सेवा आश्रम निमाण गर्न लागेको बताइएकोे छ
माता तिर्थ औसी पर्वको अवसर पारेर विभिन्न मुलुकभर आयोजना गरिएका छन् । यस पर्बलाई जन्म दिने आमालाई सम्मान गर्ने पर्बको रुपमा मानिन्छ । यर्स पर्वका अवसरमा छोरा छोरीहरुले आमालाई मिठो खुवाउने कपडाहरु उपहार दिने गर्दछन् । यस दिन काठमाडौको मातातिर्थमा मेला पनि लाग्ने गण्डर्दछ । आमा दिवंगत भएकाहरु मातातिर्थमा रहेको कुण्डमा पुजाँ अर्जना गर्ने गर्दछन् । यस कुण्डमा माता तिर्थ औसीका दिन दिवंगतआमाको सम्झना गर्दा आमाले आशिर्वाद दिन जनविश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...