प्रधानमन्त्री बालेन्द्र शाह किन विशेष?
नेपालको राजनीतिक इतिहासमा कतिपय घटनाहरू केवल संयोग मात्र नभई ग्रह-नक्षत्रको एउटा दुर्लभ र अर्थपूर्ण संयोजनका रूपमा प्रकट हुने गर्दछन्।
काठमाडौं महानगरपालिकाको पूर्व मेयर हुँदै हालैको निर्वाचनमा प्रचण्ड बहुमतका साथ प्रधानमन्त्रीको पदमा आसीन हुनुभएका बालेन्द्र शाहको सूर्यको गति अनुसार आज वैशाख १४ गते जन्मदिन परेको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। उहाँ जन्मिनुभएको दिन, त्यस दिनको नाम, नक्षत्र तथा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको दिन ज्योतिषशास्त्र अनुसार पञ्चाङ्गमा देखिएका केही विशेष लक्षण र संक्षिप्त शास्त्रीय विश्लेषण यहाँ प्रस्तुत गर्दछु।
जन्मकालीन असाधारण संयोग
बालेन्द्र शाहको जन्म वि.सं. २०४७ साल वैशाख १४ गते भएको तथ्य विभिन्न विश्वसनीय स्रोतहरूबाट पुष्टि हुन्छ। त्यस दिनको पञ्चाङ्ग गणना गर्दा एक अत्यन्त दुर्लभ संयोग देखिन्छ-अक्षय तृतीया र परशुराम जयन्ती। शास्त्रीय मान्यता अनुसार अक्षय तृतीयाकै दिनदेखि सत्य युगको प्रारम्भ भएको मानिन्छ भने भगवान् विष्णुका छैटौँ अवतार परशुरामको प्राकट्य पनि यसै दिन भएको थियो।

तीन अवतारको त्रिवेणी
वि.सं. २०४७ सालको पात्रो अनुसार वैशाख १४ गते सूर्योदय र साँझ प्रदोष कालमा पनि तृतीया तिथि रहेकाले अक्षय तृतीया र परशुराम जयन्ती दुवै एकै दिन परेका थिए। यस्तो संयोग केही वर्षको अंतरालमा मात्र हुने गर्दछ। उहाँको राशि वृष र नक्षत्र रोहिणी हो। विशेष संयोग के छ भने-उहाँको जन्म विष्णुका छैटौँ अवतार परशुराम जयन्तीका दिन भयो, शपथ ग्रहण सातौँ अवतार श्रीरामको जन्मजयन्ती (रामनवमी) का दिन भयो र उहाँको जन्म नक्षत्र (रोहिणी) आठौँ अवतार भगवान् श्रीकृष्णको पनि जन्म नक्षत्र हो।

यस प्रकार बालेन्द्र शाहको जीवन र नेतृत्वलाई विष्णुका तीन अवतारका शक्तिसँग जोडेर हेर्न सकिन्छ:
परशुराम (जन्म): न्याय र संहारको प्रतीक, जसले बेथितिको अन्त्य गर्छ।
राम (शपथ): सुशासन र 'रामराज्य' को आदर्श।
कृष्ण (नक्षत्र): कूटनीति र रणनीतिका प्रतीक।

यी तीन अवतारको ऊर्जा-न्याय, नीति र रणनीति-को सम्मिश्रण उहाँको कार्यकालका लागि एउटा आध्यात्मिक शक्तिको स्रोत बन्न सक्छ। अर्को रोचक पक्ष, प्रधानमन्त्री भएपछिको उहाँको पहिलो औपचारिक जिल्ला भ्रमण (विष्णुको नवौँ अवतार मानिने) बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध पूर्णिमाकै दिन हुने समाचारहरूले यस संयोगलाई थप बल पुर्याएका छन्।
जन्मकालीन आकाशीय नक्सा
उहाँको जन्म समयको ग्रह स्थिति विचार गर्दा राज्यकारक ग्रह सूर्य मेष राशिमा उच्च र मनको कारक चन्द्रमा वृष राशिमा उच्च अवस्थामा रहेका छन्। मकरमा स्वगृही शनिका साथ राहु, कुम्भमा मंगल र शुक्र, मिथुनमा गुरु र कर्कटमा केतुको अवस्थिति छ। कुण्डलीमा सूर्य र चन्द्रमा दुवै उच्च हुनुले उहाँको व्यक्तित्वमा अद्भुत दृढता र प्रशासनिक कौशलको संकेत गर्दछ। शनि स्वगृही हुनु र पञ्चाङ्ग शुद्धि (तिथि, वार, नक्षत्र, योग र करण सबै शुभ हुनु) ले उहाँलाई एक 'भाग्यमानी' र 'कर्मठ' नेतृत्वका रूपमा स्थापित गरेको छ।

राम जयन्ती र अभिजित् मुहूर्तको शक्ति
गत चैत १३ गते रामनवमीको पवित्र दिनमा 'सर्वार्थ सिद्धि योग' र 'रवि योग' को दुर्लभ संयोगका बीच उहाँले शपथ ग्रहण गर्नुभएको थियो। शपथका लागि दिनभरिकै सबैभन्दा शुभ मानिने मिथुन लग्न (बिहान १०:२७ देखि १२:४१ सम्म) रोजिएको थियो। यस लग्नको स्वामी बुध हुनु र त्यसमा बृहस्पतिको शुभ उपस्थिति रहनु अत्यन्त बलवान् योग हो।

वाल्मीकि रामायण अनुसार भगवान् श्रीरामले सैन्य संचालन र विजय यात्राका लागि 'अभिजित् मुहूर्त' कै चयन गर्नुभएको थियो। बालेन्द्र शाहको शपथ कार्यक्रम ठीक १२:३३ मा सुरु भएर १२:३४ मा सम्पन्न हुनुले उहाँले ठ्याक्कै अभिजित् मुहूर्तको सदुपयोग गरेको देखिन्छ। यस समयमा गरिने कार्यले 'विजयश्री' प्राप्त गराउने शास्त्रीय विश्वास छ। यस क्रममा राहुकाल र चर लग्नलाई समेत सावधानीपूर्वक छलिएको देखिन्छ।
ग्रह गोचरको अनुकूलता र भविष्यको संकेत
शपथ ग्रहणको समयमा वृष राशिका बालेन्द्र शाहका लागि एघारौँ भावको सूर्यले 'जय, स्थान लाभ र सत्कार' दिने देखिन्छ। दशौँ भावको मंगलले प्रशासनिक दृढता र बुधले शत्रुनाशक शक्ति प्रदान गर्नेछ। मिथुनको गुरुले राज्यभावमा पूर्ण दृष्टि दिइरहेकाले उहाँको कार्यकालमा देशमा विकास र आर्थिक सुधारका नयाँ लहरहरू आउने संकेत गर्दछ।

नेपाली राजनीतिक इतिहासमा सम्भवतः पहिलो पटक कुनै प्रधानमन्त्रीले शास्त्रीय विधि र पञ्चाङ्गको यति सूक्ष्म विश्लेषण गरेर साइतको सम्मान गरेको देखिएको छ। प्राचीन कालमा पृथ्वीनारायण शाह, राजा विक्रमादित्य वा भोज परमार जस्ता सफल शासकहरूले पनि समयको गति र ज्योतिषीय परामर्शलाई उच्च महत्त्व दिने गर्दथे।
निष्कर्ष
वराहमिहिरले 'बृहत्संहिता' मा ज्योतिर्विद् नभएको शासकलाई "दियोबिनाको रात" वा "सूर्यबिनाको आकाश" सँग तुलना गरेका छन्। बालेन्द्र शाहले समयको महत्त्व र शास्त्रीय विधिलाई आत्मसात् गर्नु देश र जनताका लागि शुभ संकेत हो। समयको सही पहिचान गर्ने शासकले नै सफलता (जय), ख्याति (यश), समृद्धि (श्री) र जन-कल्याण (श्रेय) प्राप्त गर्न सक्छ। यो शुभ प्रस्थानविन्दुले देशलाई नयाँ दिशा दिने अपेक्षा गर्न सकिन्छ,https://nagariknews.nagariknetwork.com/

प्रतिकृया दिनुहोस