आज तमु ल्होसार , देशभर सार्वजनिक बिदा

गुरुङ्ग समूदायको नयाँ वर्ष आज
काठमाडौ,१५ पुष । आज गुरुङ्ग समूदायको  ,नयाँ वर्ष तमु ल्होसार ,  । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।हाल बिकम सम्बतको पुस महिनाको १५ गतेमा मनाइने चलन छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।

यो वर्ष चाँही सर्प वर्ग (सप्री-ल्हो) को वर्ष रहने
तमु पात्रोअनुसार, तमु ल्होसार २०८१ साल सर्प वर्ग (सप्री-ल्हो) को वर्ष हो। गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान, र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाइन्छ।


हरेक वर्षझैं यस वर्ष पनि (सप्री-ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।
तमु पात्रो
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् ।[३] वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ  । सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।

  1. ‍‍च्यु-ल्हो (छुं बर्ग / मुसा बर्ग )
  2. ल्वोँ-ल्हो ( सा बर्ग / गाइ बर्ग )
  3. तो-ल्हो ( धु बर्ग / बाघ बर्ग )
  4. हि-ल्हो ( भौ बर्ग / बिरालो बर्ग )
  5. गिद्द मि-ल्हो)
  6. सर्प वर्ग (सप्री-ल्हो)
  7. घोडा वर्ग (त-ल्हो)
  8. भेंडा वर्ग (ल्हु-ल्हो)
  9. बादर वर्ग (प्र-ल्हो)
  10. चरा वर्ग (च्हया-ल्हो)
  11. कुकुर वर्ग (खि-ल्हो)
  12. मृग वर्ग (फो-ल्हो)
  13. गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।आज  सार्वजनिक बिदा
 तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज  गुरुङ समुदायले काठमाडौको टुडीखेल सगै देशभर विभिन्न  कार्यक्रम गरी यस पर्व मनाउदै छन् । 

प्रतिकृया दिनुहोस