आज दर खाने भोली तीज पर्व

काठमाडौं । यसवर्षको  नेपाली महिलाहरुको महान पर्व  हरितालिका तीज आज (सोमबार)देखि शुरु भएको छ ।

आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।


विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।

कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।दर खाने आज मुन्य दिन भए पनि केहि वर्ष  देखि भने धेरै अगाडी देखि दर कार्यक्रमहरु नै आयोजना गरी सस्थागत रुपमा दर खाने चलन चन्न थालेको छ । दिदीवहिनी या भनौ चेलीलाई दर खान बोलाउने चलन वर्तमानमा बदलिएको छ । चेलीको मा पनि दर खाने चलन चल्न थालेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...