समाज खन्डिकृत गर्न खोजिदै ः पूर्वमन्त्रीपान्डे

पूर्व मन्त्री एवं संघीय सांसद विक्रम पाण्डेले हिन्दुहरुको महान पर्व हरितालिका तीज सनातन कालदेखि चल्दै आएको रितिरिवाज र धर्मसंस्कृति भएको वताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भरतपुर महानगरपालिका १५ ले आयोजना गरेको तिज विशेष तथा शुभकामना आदन प्रदान कार्यक्रम वोल्दै उहाँले यस्तो वताउनुभएको हो ।

राप्रपाको केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पाण्डेले अहिले आएर विभिन्न बहानामा समाजलाई खण्डिकृत वनाउने, झगडा बनाउने र हाम्रो पुर्खाले नचिनेको धर्म प्रचार गर्नेले चाडपर्वलाई भड्किलो बनाउने गरेको वताउनुभयो ।
उहाँले भन्नुभयो “तिज, दसै, तिहार, पन्ध्र पुस, माघे संक्रान्ति जस्ता पर्वहरु हामी सबैले मनाउँछौ हिन्दु धर्म नमान्नेहरुले समाजमा झगडा मच्चाएका छन खण्डिकृत गराएका छन यस्तो अवस्थामा सवै एकजुट भएर धर्मसंस्कृति बचाउनुपर्छ ।”
उहाँले हाम्रा देशमा भएका सवै जात–जातीहरुले आ–आफ्नो रितिरिवाज मनाएर धर्मसंस्कृति संरक्षणमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...