पंचगव्य चिकित्सा किन?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( 5 compound element) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छन्; अन्यत्र छैनन्। 
जस्तै: 
शरीरमा जुन भूमि तत्व छ, त्यो गऊमाताको गोमयमा छ।
 (पृथ्वी तत्व- गोबर)
शरीरमा जुन जल तत्व छ, त्यो गऊमाताको क्षीरमा छ। 
(शुद्ध जलको रुप- दूध)
शरीरमा जुन वायु तत्व छ, त्यो गऊमाताको गोमूत्रमा छ। ( वायुको एकदम तरल रूप-गोमूत्र)
शरीरमा जुन अग्नि तत्व छ, त्यो गऊमाताको घृतमा छ। 
(अग्निको एकदम शुद्ध रुप घीउ )
शरीरमा जुन आकाश तत्व छ, त्यो गऊमाताको मोहीमा छ। (दहि मथेर बनेको मोही, तक्र, मठ्ठ्ठा आदि)
यी बाहेक शरीरमा तीन प्रकारका उर्जा (विष्णु उर्जा, शिव उर्जा र ब्रह्मा उर्जा) पनि हुन्छन् जसको ज्ञान केवल गप्यसिद्धको शिक्षामा पाइन्छ। आत्मा सम्बन्धित विकारको शिक्षा पनि गप्यसिद्ध (पंचगव्य डाक्टर) हरुलाई दिइन्छ।
एलोपेथिका डाक्टरहरुले नमान्ने तर शरीर विज्ञान सम्बन्धि अत्यन्तै महत्वपुर्ण ज्ञान नाडी र नाभी जाँचको शिक्षा पनि गप्यसिद्धहरुलाई दिने गरिन्छ।
प्राचिन कालमा प्रचलित अङ्ग बाट रोग पहिचानको शिक्षा पनि गप्यसिद्धहरुलाई दिइन्छ।
संक्षेपमा भन्नु पर्दा वैदिक चिकित्सा विज्ञानमा आधारित आजको भूगोल, वातावरण एवं परिस्थितिको गणित अनुसार संशोधित चिकित्सा शास्त्र, जुन अत्यन्त सरल तथा अल्प समयमा अभ्यस्त हुन लायक छ। त्यसैले पंचगव्य चिकित्सा विज्ञान आजका युवाहरुका लागि स्वर्णिम अवसर प्रदान गर्ने खालको छ र यसैबाट स्वावलम्बी तथा सम्वृद्ध नेपालको निर्माण गर्न सकिन्छ।
यो सुलभ र दुष्परिणाम रहित तथा यसले स्थाई परिणाम दिन्छ। यसबाट चिकित्सा भए पछी रोगको पुनरावृति हुँदैन। रोगहरु जरै देखि समाप्त हुन्छन्। शरीर जसरि बायोटिक छ, त्यसै अनुसार पंचगव्यका उत्पादनहरु पनि पूर्ण रुपमा बायोटिकनै छन्। अत: पंचगव्यले शरीरका साथ १००% समन्वय गर्दै आरोग्यता प्रदान गर्दछ।
गोमय (गऊमाताको गोबर):
ताजा गोबरमा जलको मात्रा३०% हुन्छ। गऊमाताको गव्यहरुमा “प्रोसेस लस” को सिद्धान्त लागु हुँदैन। ताजा गोबरमा प्राणवायु (अक्सिजन) २३% हुन्छ, त्यसैलाई सुकाएर बनाइएको गुइठामा २७%, गुइठा जलाएर बनाइएको कोइलामा ३०%, कोइला जलाएर बनाइएको खरानीमा ४६.६% र खरानीलाई पुनः जलाएर बनाइएको विशुद्ध भष्ममा ६०% प्राणवायु (अक्सिजन) को मात्रा हुन्छ। तर आधुनिक विज्ञानले भन्छ कि “कुनै पनि वस्तुलाई प्रोसेस गर्दा त्यसमा लस हुन्छ।” 
गोबरमा पृथ्वी तत्व छ, यदि परिक्षणका लागि शुद्ध माटो चाहियो भने गोमय भन्दा शुद्ध माटो तत्वको उदहारण अनेत्र कहीं पाइदैन भने शुद्ध प्राणवायुको पनि पूर्ति भैरहेको छ। त्यसैले यसमा लक्ष्मीको निवास छ भनेर भनिन्छ।
गोदुग्ध (क्षीर)
गोदुघ्ध धरतीको अमृत हो, यसमा अग्नि तत्व पनि विद्यमान छ  तथा यसमा ८५% जल तत्वको मात्रा छ। 
दही
दहीमा ६०% जल तत्व छ। दहीलाई मथेर बनाइएको मोही/तक्र/मठ्ठा दुध भन्दा लाभकारी छ। त्यसैले यसलाई अमृत पनि भनिन्छ। यसमा यति धेरै पोषक तत्व हुन्छन् कि हामि सोंच्न पनि सक्दैनौं। मोही बनाउने अलग अलग विधि छ, कुन जलवायुमा कति मात्रामा पानी मिलाएर बनाउने हो यसको अलग अलग तरीका छ। अनि मात्र यसले पूरा लाभ प्रदान गर्दछ।मोहिमा ८०% जल तत्व हुन्छ। 
नौनी
नौनीमा ४०% जल तत्व हुन्छ।यसमा अग्नि तत्व र जल तत्व एक साथ मिलेर रहेका हुन्छन्, त्यसैले यो अद्भुत छ। यसले आजको विज्ञानलाई चुनौती दिन्छ। यस भित्र भरपूर मात्रामा ब्रम्हऊर्जा हुन्छ। ब्रम्हऊर्जा बिना मनुष्यमा सत्वगुण आउन सक्दैन। बिना सत्वगुण मानवमा समवेदनशीलता शुन्य हुन्छ। मानौ कुनै दुष्टले गालामा एक थप्पर हिर्कायो भने हामीमा यदि समवेदनशीलता छैन भने त्यो थप्पर सहन्छौँ अन्यथा  उक्त थप्परको अवश्य यथोचित उत्तर दिन्छौं।
गहुँत
गऊमाताको गहुँतको विषयमा हामी सबैले अनेक पटक सुनेका र पढेका पनि छौं कि गहुँतमा अनेकौं जीवनपयोगी रासायनिक तत्वहरु विद्यमान छन्। गहुँतमा आरोग्यताका देवता साक्षात् भगवान धन्वतरिको निवास छ, जुन देवताहरुका वैद्य हुन्। केवल गहुँतमा मात्र ७० भन्दा पनि अधिक रोगहरुलाई निर्मूल गर्न सक्ने शक्ति छ। गहुँतनै एउटा त्यस्तो औषधि हो जसमा वात-पित्त र कफ तीनै दोषलाई नियंत्रित गर्ने शक्ति छ।
पञ्चगव्य 
गऊमाता बाट प्राप्त हुने पाँच वटा मुख्य वस्तुहरु - 
दुध, दही, घीऊ, गहुँत र गोबर बाट बनाइन्छ। यी  पाँच दिव्य वस्तुहरुमा औषधीय गुण लुकेको हुन्छ र यिनमा कैयौं रोग तथा त्रुटिहरु हटाएर शरीरलाई स्वस्थ बनाउने अद्भूत क्षमता हुन्छ। पञ्चगव्य भोज्यौषध यि पाँच वस्तुहरु एक्ला-एक्लै या एकार्काका साथ या त्यस्ता प्रभावशाली अन्य जडिबुटीहरु मिलाएर बनाइएको हुन्छ। यस प्रकारको उपचार प्रणालीलाई "पञ्चगव्य चिकित्सा" भनिन्छ। यो एलोपेथिक, होम्योपेथिक र आयुर्वेद सरह शरीरलाई स्वस्थ तथा रोगहरुलाई ठीक गर्ने एउटा विधि पनि हो। पञ्चगव्यको प्रयोगको बारेमा अनेकौं आयुर्वेदका ग्रन्थ जस्तै- चरकसंहिता, अष्टाङ्ग हृदयम्, अष्टाङ्ग सङ्ग्रहं, भावप्रकाश निघंटू र गदनिग्रह आदिमा वर्णन गरिएको छ। ति ग्रन्थमा पञ्चगव्यको प्रयोग गरेर कैयौं औषधिहरु बनाउने विधि पनि बताइएको छ। आयुर्वेदमा प्रयुक्त पञ्चगव्य र अन्य वस्तुहरुबाट पाचन, अस्टियोपोरोसिस, चर्म रोग, मधुमेह, उभयचर, स्वेत ज्वर, मृगौला संबंधि रोग, श्वसन रोग आदि कैयौं रोगहरु ठीक गरिएको छ।
भारतमा सन् २००८मा फैलिएको महामारी रोग चिकनगुनियामा पञ्चगव्य एक प्रभावशाली औषधि साबित भएको थियो। गहुँतको उपयोग सामान्य रुघाखोकी देखि प्राणघातक रोग क्यान्सरलाई पनि सदाका लागि ठिक पार्ने देखि लिएर शेम्पू, चर्मक्रीम, नाकस्प्रे, नयनजल, कर्णजल आदिको रूपमा पनि उपयोग गरिन्छ।
महामारी भनिएको कोरोना जस्ता संक्रमणलाई रोक्न र संक्रमितहरुको उपचार गर्नका लागि पनि पन्चगव्य औषधि (यदि सरकारले अनुमति प्रदान गर्ने हो भने) प्रभावकारी सिद्ध हुन सक्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पंचगव्य चिकित्सा किन?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( 5 compound element) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छ...