आज देशैभरी हरिबोधिनी एकादशी पर्व मनाइयो

 कात्तिक शुक्ल एकादशीका दिन शनिबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ। भगवान विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ।
यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि शनिबारदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला सुरु भएको छ।
काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...