आज छठ पर्वको मुख्य दिन ,अस्ताउँदो सूर्यलाई अर्घ दिदै मनाइँदै
आज छठको तेश्रो अर्थात् मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै मनाउदै छन् । । बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।
आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् ।यतिखेर राजधानी काठमाडौ सहित देशका मुख्य सहरहरुका जलाशय पनि छठ पर्वका लागि सिगारिएको छ ।
प्रतिकृया दिनुहोस