साउनमा हरियो रंग किन प्रयोग गरिन्छ ?

काठमाडौं । हरियो प्रेम र वातावरणको प्रतिक हो।त्यसैले हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ।यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ।हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्।

उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्।यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।हरिया चुरा किन लागउने त साउनको महिनामा : साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गर्छ |अझ शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना मानिएको छ |

साउन महिनाको हरियो रंग यस धर्ममा उर्बर शक्तिका रुपम मानिने गरेको छ |साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ ।जसको प्रभाब आफ्नो शरीर अथवा मनमा परेको हुन्छ उनीहरुलाई मनमा जोस जागर र काममा भावना मिल्छ |

ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ |त्यसैले बुधबाट प्रभावित हुने हरियो चुरा हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ | त्यसैले साउनमा मेहेन्दी लगाउने बैज्ञानिक कारण पनि मानिन्छ |

वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ ।त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ ।त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ हरियो रंगलाई रंग विशेषज्ञहरुले हरियो रंग लाई शीतलता एवं स्फूर्ति प्रदान गर्दछ भन्ने गरेका छन ।हरियो रंग उज्ज्वल हुन्छ ।

नयाँ जोस जागर उत्पन्न गर्ने यो रंग सकारात्मक उर्जा सञ्चार गर्न सहायक मानिन्छ ।हरियो रंगमा निलो र पहेलो रंगको समिश्रण हुन्छ ।हरियो रंगले आँखा लाई फाइदा पुर्याउँछ ।हरियो रंगले विस्वासको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।हरियो रंगमा वैज्ञानिक आधारका धेरै कुराहर भेटिन्छन ।हरियो रंगले शीतलता एवं स्फूर्ति प्रदान गर्छ ।यो रंग उज्ज्वल हुन्छ ।

नयाँ जोस र जाँगर उत्पन्न गर्ने यो रंग सकारात्मक ऊर्जा सञ्चार गर्न सहायक हुन्छ ।हरियो रंग मन पर्छ भने तपाईंको राशि मेष वा कन्या हुनुपर्छ ।यो रंग मन पराउनेहरू व्यवहारिक तथा बफादार हुन्छन्, आफ्नो सन्तुलित स्थान कहिल्यै गुमाउँदैनन् ।यो रंगले विश्वासको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।‘वर्षाको मौसम र वातावरण पनि हरियो हुने गरेकाले यस महिनामा हरियो रंग ग्रहण गर्ने गरिएको हो ।

प्रतिकृया दिनुहोस