आषाढशुक्ल एकादशीकाे माहात्म्य
काठमाडौं । आषाढशुक्ल एकादशीकाे माहत्म्यका विषयमा युधिष्ठिरले श्रीकृष्णलाई साेधेका प्रश्नको उत्तरमा कृष्णजीले बताउनुभएको एकादशीको महात्म्य यसप्रकार छ।- श्रीकृष्ण भन्नुहुन्छ -हे राजन् ! यस एकादशीका विषयमा ब्रह्माण्डपुराणमा वर्णित एउटा उपाख्यान यसप्रकार छ- आषाढशुक्ल एकादशीकाे नाम पद्मा हाे। यसैलाई हरिशयनी एकादशी पनि भनिन्छ। यसकाे ठुलाे माहात्म्य छ। अघि मान्धाता राजा धर्मपूर्वक राज्य गर्दथे । उनका राज्यमा सबै जना सुखी थिए । कुनै समयमा उनका राज्यमा दैववश ३वर्षसम्म पानी नपरेकाेले अन्नबाली नफलेर अनिकाल भयाे।
राजा चिन्तित भएर यसकाे उपाय विचार गर्दै सेनाकासाथ जङ्गलमा गए। ऋषि मुनिहरूका आश्रममा घुम्दै जाँदा अङ्गिरा मुनिलाई भेटेर उनलाई प्रणाम गरी पानी नपर्नाले राज्यमा अनिकाल परेकाे कुरा बताए। मुनिले भने तपस्या गर्न अधिकार नभएका व्यक्तिले तपस्या गरिरहेछ , त्यस कारण पानी नपरेकाे हाे। त्यसैले अकर्तव्य गर्ने व्यक्तिलाई मार्ने उपाय गर , त्यसबाट दाेष नाश भई पानी पर्नेछ र अनिकाल दूर हुनेछ , भने। राजाले भने प्रभु ती तपस्वी निरपराध छन् , तिनलाई म मार्दिन। बरु अर्काे कुनै उपाय छ भने बताइदिनुहनेस् ,भने। राजाकाे कुरा सुनेर मुनिले भने -- हे राजन् यदि त्यसलाई नमार्ने हाे भने आषाढ शुक्लपक्षकाे पद्मानामकाे एकादशीकाे व्रत गर्नाले सुवृष्टि भई अन्नादि उत्पादन हुनेछ , भने। मुनिकाे उपदेश अनुसार राजाले चारैवर्णका प्रजाका साथमा पद्मा एकादशीकाे व्रत गरे ।त्यस व्रतका पुण्यका प्रभावले भगवान् हृषीकेश प्रसन्न भई सुवृष्टि भयाे र अन्नादिकाे उत्पादन भएर सम्पूर्ण प्रजामा सुख आनन्दकाे वर्षा भएकाे थियाे । त्यसैले पद्मा वा हरिशयनी एकादशीकाे ठुलाेमाहात्म्य छ।
भविष्यपुराणमा अनुसार पनि हरिशयनी एकादशीकाे माहात्म्य बारे वर्णन गरिएकोछ --
यस एकादशीमा विष्णुशयन व्रत गर्नुपर्दछ। एक महिना अघि निर्जला एकादशीका दिन बिउ राखिएकी तुलसीलाई मठमा राेप्ने पनि यसै दिन गर्नुपर्दछ , प्रत्येकदिन तुलसीमा जल अर्पण गरी विभिन्न पूजा सामग्रीद्वारा तुलसीकाे पूजा गर्नुपर्दछ।
चतुर्मासाकाे व्रत आरम्भ पनि यसैदिनदेखि गर्नुपर्दछ। याे व्रत गर्दा भगवान् विष्णुकाे शङ्ख चक्र गदा र पद्म हातमा लिएकाे पीताम्बर धारण गरेकाे प्रतिमा बनाएर सुन्दर सफा शुक्लवर्णकाे पलङमा ओढ्ने ओछ्याउने सिराने झूल आदि सम्पूर्ण शय्याकालागि सामग्रीसहित शय्या तयार गरी पूजास्थानमा कलश स्थापना गरेर स्थालीमा नारायणको प्रतिमा राखी पञ्चामृतले स्नान गराई शुद्ध गङ्गाजलले समेत स्नान गराएर पीताम्बर ,जनै श्रीखण्ड चन्दन कस्तूरीआदि सुगन्धित द्रव्य अनुलेपन गराई पूजाका सामग्रीद्वारा पूजा गरी धूपदीप नैवेद्यादि समर्पण गरेर तुलसी पत्र एवं मञ्जरी सहित विभिन्न सुगन्धित पुष्पहरू अर्पण गरेर मन्त्रसहित पूजा गर्नुपर्दछ र यस मन्त्रले प्रार्थना गनुपर्दछ-- ´´सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं चराचरम्। विबुद्धे त्वयि बुध्येत जगत्सर्वं चराचरम्।।``
(भविष्यपु•।) हेभगवान् हजुर सुत्नुभएपछि सम्पूर्ण जगत् सुत्तछ , भने हजुर उठेपछि जगत् जागा हुन्छ।यसरी पूजा गरी भगवान्काे प्रतिमालाई शय्यामा शयन गराउनुपर्दछ। र भगवान्का अगाडि दुबैहात जाेडेर यस मन्त्रले प्रार्थना गर्नुपर्दछ --´´ चतुराे वर्षिकान् मासान् देवस्याेत्थापनावधि। ग्रहीष्ये नियमाञ्छुद्धान् निर्विघ्नान् कुरु मे प्रभाे ! ``।। हजुर ४ महिना शयन गर्नुहुन्छ , चार महिना पछि हजुरकाे बिउँझिने अवधि हाे ।यस अवधिमा म यथाशक्ति नियम पालन गरी व्रतबसी हजुरकाे आराधना गर्दछु।मेराे व्रत निर्विघ्न पूर्ण हवाेस् , भनी प्रार्थना गर्नुपर्दछ।।यसरी भगवान्लाई चारमहिनासम्म शयन गराएर चार महिना भरि विभिन्न नियमहरूकाे पालना गर्नुपर्दछ। नियमहरू यसप्रकार छन्-
´´श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदे तथा। दुग्धमाश्वयुजे मासि कार्तिके द्विदलं त्यजेत् ।। कूष्माण्डान् राजमाषांश्च मूलकं गृञ्जनं तथा । करमर्दं चेक्षुदण्डं चातुर्मास्ये त्यजेन्नरः।। मसूरं बहुबीजं च वृन्ताकं चैव वर्जयेत्।। ``
इत्यदि। भ•पु•
श्रावणमा सागपात खानुहँदैन ,भाद्रमा दही ,असौजमा दूध र कार्तिकमा दाल खानुहँदैन। त्यस्तै कुभिण्डाे , राजमा , मूला , गाँजर , ऊखु , मसुराे , बहुबीज अर्थात् धेरै बीज हुने बिमिराे आदि ,भाण्टा , बयर , अमला , लौका , तित्री आदि पदार्थकाे सेवन गर्नुहुँदैन।अनि चतुर्मासाकाे व्रत गर्दा यथाशक्ति दानहरू पनि गर्नुपर्दछ। जस्तै अन्नदान , वस्त्रदान , गाेदान तिलपात्रदान, भूमिदान ,सुवर्णदान , ताम्रपात्रदान घण्टादान आदि गरेर कार्तिक शुक्लद्वादशीमा उद्यापन कर्म समाप्त गरी भगवान्लाई सुताइएकाे प्रतिमासहित शय्यादानसमेत गर्नुपर्दछ। सक्नेले अर्काे शय्या बनाएर दान गर्दा पनि हुन्छ।
कार्तिक शुक्ल नवमी कूष्माण्ड नवमीमा कुभिण्डाे दान गर्नुपर्छ।चतुर्मासामा भगवान्लाई दैनिक हजार बत्तीेले नीराजन गरेर लक्षदीपदानगर्नु पनि पुण्यदायक हुन्छ। कार्तिक महिनाभरी आकाशदीपदान पनि गर्नुपर्दछ। यसरी व्रत गरी कार्तिक शुक्ल द्वादशीका दिन प्रबाेधाेत्सव गरेर चातुर्मास्य व्रतकाे उद्यापन गर्नुपर्दछ।
तुलसीका समीपमा यज्ञवेदी बनाएर अग्निस्थापना गरी हवन तर्पण मार्जन र ब्राह्मणभाेजन आदि गराई व्रत समाप्ति गर्नुपर्दछ। यसरी चातुर्मास्यकाे व्रत गर्दा भगवान् नारायण प्रसन्न भई यसलाेकमा सुखसौभाग्य ऐश्वर्य प्राप्त भई परलाेकमा माेक्ष समेत प्राप्त हुन्छ।त्यसैले हामी पनि हरिशयनी एकादशीकाे यथाशक्ति व्रत गरी चातुर्मास्य व्रत गरौँ , हाम्राे कल्याण हुन्छ। ॐ हरये नमः।।

प्रतिकृया दिनुहोस