श्रावणसङ्क्रान्तिमा कण्डारक पूजा ( लूताे फाल्ने ) गर्नुको महत्व र विधी यस्तो
´प्रदाेषसमये राजन् कर्कसङ्क्रमणे रवौ।
प्रतिवर्षं पूजनीयः कण्डारकनिशाचरः।।
लूतादिभ्याे भयन्नास्ति तथारिष्टभयापनुत्।
शरलेन्धनदीपाश्च दातव्या उल्कया सह।। फलानि च प्रदेयानि तत्काले सम्भवानि च । माषपिण्डमयं देयं नैवेद्यं खाेचिकाविधम्।।``
( वार्षिक व्रतरत्नावली।)
कर्कटसङ्क्रान्ति अर्थात् श्रावण सङ्क्रान्तिका दिन साँझमा कण्डारक नामक राक्षसकाे पूजा गर्नुपर्दछ। जसकाे पूजा गर्नाले लूताे, खटिरा , फाेडा-फुन्सी आदि नास भई अरु विभिन्न अरिष्ट पीडा दुःख-दर्दहरू समेत नास हुन्छन्। त्यसकारण साउने सङ्क्रान्तिमा प्रत्येक वर्ष कण्डाक राक्षकाे पूजा गर्नुपर्दछ। पूजा गर्दा पूजा गर्ने स्थान भूमिमा गोबरले लिपेर शुद्ध गराएर कपडामा कण्डारक राक्षसको चित्र (प्रतिमा ) लेखी
साँझमा पूजा गर्नुपर्दछ।
कर्ता हस्तपादादीन् प्रक्षाल्य आचम्य कर्मपात्रं निर्माय कुशादिकमादय सङ्कल्पं कुर्यात्--
सङ्कल्प यसप्रकार छ--
देशकालादिकं सङ्कीर्त्य ॐअद्येह अमुकगोत्रः अमुकप्रवरः अमुकनामशर्माहं सपरिवारस्य मम लूतादिसकलारिष्टभयनिवारण
पूर्वकं श्रीमत्परमेश्वरप्रीत्यर्थं कर्कटसङ्क्रान्तौ प्रदोषसमये यथाज्ञानं यथोपलब्लसामग्रीभिश्च कण्डारकपूजनमहं करिष्ये।
यस्तो सङ्कल्प गरेर-- ´´पट्टवस्त्रोपरि लिखित्वा सन्ध्यायां पूजयेत्``
´´गोमयोपलिपते पाषाणोपरि ``
भनिएको हुँदा गोबरले लिपेका भूमिमाथि यौटाढुङ्गालाई पनि गोबरले लिपेर त्यसमाथि पट्टवस्त्र= आलसका डोराले बनेको पाटको कपडामा कण्डारक राक्षसको चित्र लेखेर हातमा चन्दन अक्षता र फूलपाती लिई चित्रको प्रतिमामा छोएर आवाहन गर्नुपर्दछ-- ॐ भूर्भुवःस्वः साङ्ग सायुध सवाहन सपरिवार कण्डारकनिशाचर इहागच्छ इह तिष्ठ यावत्पूजां करोमि तावत्त्वं सुस्थिरो भव सुप्रसन्नो भव भनी आवाहन गरेर आसन पाद्य चन्दन अक्षता फूलपाती आदि विभिन्न पूजाका सामग्रीले पूजागरी धूप बत्ती नैवेद्य भेटीघाटी चढाउनुपर्दछ।नैवेद्यमा माषका फुरौला र त्यसवेला फल्ने विभिन्न फलफूलहरू चढाउनुपर्दछ। अनि सल्लाका दियालाका बत्तीहरू (राँकाहरू )सल्काएर प्रतिमाका अगाडि राखेर प्रार्थना गर्नुपर्दछ। प्रार्थना गर्ने मन्त्र यसप्रकार छ--
´´कण्डारकासुराधीश गृहाण दीपमुत्तमम्। सरलेन्धनसम्भूतं ममारिष्टं विनाशय।। ``
(वार्षिकव्रत...)
त्यसपछि बलेकाे ज्वाला सहितकाे अगुल्टाे सल्काएर याे मन्त्रले प्रार्थना गरेर फाल्नुपर्दछ।मन्त्र यसप्रकार छ-- ´´कण्डारक रात्रिचर लूतादि-भयनाशन !
उल्कामिमां प्रक्षिपामि मा Sस्तु लूताभयं मम।। ``
(वार्षिकव्रत...)
याे मन्त्र पढेर बल्दाे अगुल्टाे फाल्नुपर्दछ।( लौकिक चलन चैँ चाराेटा अगुल्टाहरू सल्काएर X पूर्वदिशाको लुतो लैजा भनेर पूर्वम , त्यसैगरी पश्चिम , उत्तर र दक्षिण दिशामा फाल्ने पनि चलन छ।)
´´ततः शिष्टारचारेण सप्त व्रीहीनवन्ति।``
त्यसपछि सप्तधान्य राेप्ने शिष्टाचार छ। त्यसपछि दक्षिणा संकल्प गरी विसर्जन गर्नुपर्दछ। अनि ´´ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात्। कराेमि यद्यत् सकल परस्मै नारायणायेति सपर्पये तत् ।।`` याे मन्त्र पढी कर्म समर्पण गर्नुपर्दछ।
ॐ हरये नमः।।
श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व!
मिति २०८१ साल श्रावण १ गते मंगलवार वैश्यध्नी अयन नाम गरेको कर्कट संक्रान्ति कालयुक्त नाम संवत्सर आषाढशुक्लपक्ष दशमी तिथी साँझ ५ / १६ बजेसम्म त्यस उप्रान्त एकादशी तिथी आरम्भ
विशाखा नक्षत्र ,शुभ योग ,वणिक करण ,श्रीसूर्यनारायण यो दिनबाट उत्तरायण समापन गरेर दक्षिणायनमा प्रवेश राती ११ / ३८ बजे मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नुहुनेछ।त्यसैले यो दिनलाई कर्कट संक्रान्ति भनिन्छ।
त्यसैगरी ग्रीष्मऋतु अन्त्य भएर वर्षाऋतु आरम्भ अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो ।सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ ।यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्द्ध तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ ।सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो ।
यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ ।साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ ।नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ ।हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।
फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।यो महिनाको देवताको नाम श्रीधर ,देवीको नाम कान्तिमती ,सूर्यको नाम गभस्ति : हो।यो दिन कर्कट राशिमा सूर्य ,तुला राशिमा चन्द्रमा र वृष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
कण्डारक पूजाको महत्व!
यो दिन विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन साँझ दियो,कलश,गणेश पूजागरी नासपाती, हरियो मकै,कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चडाएर कण्डारक देवताको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।
साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्न थालिएको हो।
वर्तमान समयमा प्रचलनमा रहेको मेषादि १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन लुतो फालिन्छ।लुतोलाई ‘कण्डु’ भनिन्छ ।
त्यसको अर्थ भनेको चिलाउनु हो ।यस कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ साँझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ।लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ।

प्रतिकृया दिनुहोस