प्रवासीको देश हुन्न को लोकार्पण
काठमाडौं । वेल्जियम निवासीआख्यानकार पंचम अधिकारीको कथासंग्रह 'प्रवासीको देश हुन्न' लोकार्पण भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् ।
कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’
त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए ।
‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ ।’
त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’
यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ । प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।
बेल्जियममा सक्रिय पूर्व सन्चारकर्मी अधिकारीले देश छाडेपछिको भोगाईहरुलाई कथाको विषय बनाएको बताए ।
यस कथासंग्रहमा अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’को बच्चा पाउने रहर, हाइस्कुलले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेकअपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोंगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू समेटिएका छन्

प्रतिकृया दिनुहोस