अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि खरेलका कविता गुञ्जिए

काठमाण्डाै,१५ माघ ।राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । 

संघका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा खरेलका कविता बाचन गरिएका हुन् । कार्यक्रममा प्राध्यापक केशव सुवेदी, कविका आमा दिवाकुमारी खरेल, संघका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र, स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा. षडानन्द पौड्याल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, डा. विन्दु शर्मा, डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत र महासचिव अमृत खाती, प्राज्ञ नन्दु उप्रेती, चतुर्भुज केबरत, गायक सुशन साम्सुहाङ, खेमराज निरौलाको उपस्थिति थियो ।  

अविरल जनसाहित्यिक यात्रा संयोजन समितिका संयोजक डा. हरिप्रसाद सिलवालले कवि प्र्रशान्त खरेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । कवि खरेलले साहित्यमा प्रशान्त खरेलका नामबाट चिनिन्छन् ।

साहित्यका विभिन्न विधामा कलम चलाइरहेका उनको २०७८ सालमा ‘आगोका फिलुङ्गाहरू’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ । कार्यक्रममा संघका अध्यक्ष  राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा केही समय रोकिएको बताए । फेरि यसको उद्देश्यअनुसार कार्यक्रम प्रारम्भ भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...