पुस महिनाको महत्व कस्तो रहेको छ ?

काठमाडौँ,३० मंसिर । मिति २०८० साल पुस १ गते आइतबार धनु, पौष संक्रान्ति पिंगलानाम संवत्सर, श्रीसूर्यनारायण दक्षिणायणमा,हेमन्तऋतु ,मार्गशीर्षशुक्लपक्षपंचमी तिथि राती ८ / ४४ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथि आरम्भ , श्रवण नक्षत्र प्रात: ८ / ०७ बजेसम्म त्यस उप्रान्त शतभिषा नक्षत्र आरम्भ,व्याघात योग ,बब करण ,मंसीर ३० गते राति राती १ / ०८ बजे पछि श्रीसूर्य : वृश्चिक राशीबाट धनु राशीमा प्रवेश गर्नुहुनेछ ।

यो महिनाको देवताको नाम नारायण, देवीको नाम लक्ष्मी, सूर्यको नाम विष्णु हो। यो महिनामा धनु राशिमा सूर्य ,मकर राशिमा चन्द्रमा र मेष राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ । यो तिथि, बार, नक्षत्र, योग, करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

शनिबार सूर्यले राशि परिवर्तन गर्ने भएकोले रोगहरू उत्पत्ति ,व्यक्ति राज्यको सम्पत्ति नोक्सान हुने छ।धेरै वस्तुहरूको अभाव हुने साथै रोग-व्याधिको प्रकोप बढ्ने छ।वर्षा भएर जनजीवन कष्टकर हुने छ।राज्यमा तनाव भएर परिवर्तन हुने छ।शीतलहर ,हिमपात बढेर सर्दिजन्य रोगले सताउने छ।

यो दिनबाट धनुर्मास आरम्भ हुने भएकोले गोदा माताको पूजा ,पाठ,स्तुति गर्नु परम कल्याण हुने छ। नीलातुङ्गस्तनगिरितटे सुप्तमुद्वोध्य कृष्णं पाराथ्र्य स्वं श्रुतिशतश्शिरःसिद्धमध्यापयन्ती । स्वोच्छिष्टायां स्रजिनिगलितां या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूयः ।। ॥जय जय श्रीमन्नारायण॥ कर्कटे पूर्वफाल्न्यां तुलसीकाननाेभ्दवाम् | पाण्ड्येविश्वंभरा गाेदां वन्दे श्रीरङगनायिकाम् ||



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...