श्री विश्वामित्रऋषिरामलक्ष्मण



गगांजीको दक्षिणा तिर रमणिय बन
अति राम्रो त्यहि वनमा थिए सिद्धाश्रम

सिद्धाश्रम शिक्ष लिई विश्वामित्र ऋषि निवास गर्थै ,महामुनि तपशि सबको पिडा हर्थे
ताडका यक्षडी यहि वस्न आइथी ,मरिच शुभवावु दई भाई छोरा पाइथी
ऋषिमुनी यज्ञ गर्न अघि अघि सर्थे ,दुई भाई मिली रगत को सधै वृष्टी गर्थे
मायावी राक्षसले अति सताउनाले ,ऋषिमुनी विश्वामित्र पनि सोच्न थाले
भष्म गर्न राक्षसलाई सक्थे आफै मुनी कल्याण हुन्छ रामबाट मराउन भनि

विश्वामित्र ऋषिमुनी अयोध्यामा गए । ,दशरथ राजा पनि अति खुशी भए
स्वागत सत्कार धेरै गरि भन्छन् दशरथ ,जे भनेनी मुनीवरको पुग्छ मनोरथ
ताडका र मरिच शुवाहुले अनि, हाम्रो यज्ञ पुरा गर्न दिन्नन्कैले पनि
दशरथको छोरा भई जन्म लियेरामले ,रामले जन्म लियेको भुभारहर्नेकाले
अयोध्या नरेश येहि विन्तिलेउ ,लान्छु रामलक्षमणका दुवैभाई देउ
(यो कुरा वाहेक अरु सबै दिन्छु भन ,सक्दिमन दिन म रामलक्षमण)
घामपानीमा ननिस्केका वालखै इन्साना ,ज्ञन छैन इविवीद्याको महर्षिले जान

सेना लिई जान्छु आफै दुष्ट नाश गर्न ,यस्तो भन्दै नरेश लागे शरणमा पर्न
खुशि वनाई वेखुशि किन पाछौ राजै ,दिन्औ भन रामलक्षमण घर जान्छौ आजै
कुरो विग्री विश्वामीत्र जानलागे भनी ,कता कता वश्ष्ठिले थाहा पाए छन््नी
विश्वामित्र ऋषि जोछन् साक्षाप्तधर्म ज्ञानी ,राम लक्ष्मण देउ भने वष्टिले पनि
खुशि माने विश्वामित्र रामलाई लान पाउदा, सगसगै तीनजना रनवन घुम्दै आउदा

ज्योतिष पुरुषोतम् खनाल
पोखरा महानगरपालीका ८ इन्द्रपुरीटोल

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज राम भगवानको जन्मदिन (राम नवमी)

काठमाडौँ ,२४,चैत। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान्  रामचन...