गर्मी र वर्षामा फैलिन सक्ने हैजाबाट कसरी जोगिने ?

काठमाडौं । हैजा खासगरी भिब्रियो कलेरा ब्याक्टेरियाबाट हुने रोग हो । दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ।

यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ । एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा पनि कीटाणु सर्ने सम्भावना हुन्छ। यसरी हैजा फैलन सक्छ।

यो संक्रामक रोग भिब्रियो कलेरा विशेष गरी खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो । हात सफा नगरी खाना खाइयो, पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा कीटाणु प्रवेश गर्छन् । मुख्य रूपमा हातको माध्यमबाट शरीरमा प्रवेश गर्छन् भने खानेकुरामा फोहोरमैला, झिँगा परेको खानेकुरा खायो भने हैजा हुने गर्छ ।

हैजाका लक्षणहरु

हैजा हुदाँ ग्याष्ट्रोएन्टेराइटिस हुने गर्छ । यसले गर्दा बान्ता हुने, लुज मोसन हुने, लुज मोसन हुँदा चौलानी पानी जस्तो पखाला हुने गर्छ। तर, पेट दुख्दैन।

एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जलबियोजन हुन्छ। जलबियोजन भयो भने अन्य अंगमा समेत असर हुन्छ।

अर्को व्यक्तिमा सर्ने माध्यम

संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ। संक्रमित व्यक्तिको दिसा पिसाब जथाभाबी फाल्नु हुँदैन ।


हामीले खानेपानी सुरक्षित छ छैन जाँचेर मात्र पिउनुपर्छ। जारको पानी, बोतलको पानी सफा छ भने मात्र खानुपर्छ। घरमा पनि पानी उमालेर मात्र पिउने गर्नाले अरु जीवाणु पनि नष्ट हुने गर्छन्। हामीले खानेपानीको साथसाथै पर्सनल हाइजिनमा विशेष ध्यान दिनुपर्छ।

खाना खानु भन्दा अघि राम्रोसँग हात धुने र दिशा पिसाब गरिसकेपछि साबुन पानीले राम्ररी हात सफा गरेमा हातको माध्यमबाट सर्ने कीटाणु सर्न पाउँदैनन्। जसले गर्दा संक्रमणको जोखिम कम हुन्छ। जारको पानी पनि उमालेर मात्रै पिउनुपर्छ ।

हैजाको उपचार

हैजाको लक्षण कसैलाई जटिल र सामान्य देखा पर्छ । पखाला हुदाँ कति पटक दिसा भयो । कति पटक वान्ता भयो, कस्तो औषधि प्रयोग गरिरहेको छ भनेर हस्पिटल गइहाल्नु पर्छ । हैजा हुनुको कारण के हो खाना खाएर भएको हो कि ? दूषित पानीको कारणले भएको हो पत्ता लगाएर मात्र उपचार गरिने चिकित्सकहरु बताउँछन् ।

खान सक्ने व्यक्तिहरूलाई जीवनजल खान सकिन्छ, यस्तो बेलामा जतिसक्दो पुर्नजलीय झोल खाने, स्वास्थ्य सुधारको लागि अस्पतालमै बस्ने गरियो भने निको हुन्छ । यदि समयमै उपचार गरिएन लामो समय जलबियोजनको अवस्था आयो भने किड्नी ड्यामेज हुने, किड्नीले काम गर्न नसक्ने साथै अन्य गम्भीर प्रकारका रोग देखा पर्छन् । सबै अस्पतालमा हैजाको उपचार हुन्छ, कतिपय सरकारी अस्पतालमा निःशुल्क उपचार पनि हुने गरेको छ।

हैजा हुनै नदिन अपनाउनुहाेस यि उपायहरु 

हैजाको खोप क्षणिक समयको लागि मात्र हो । यसकाे लागि  हामीले सबै भन्दा पहिले पानीको सरसफाइ सँगै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। दिसा पिसाब सुरक्षित ठाउँमा बिर्सजन गर्नुपर्छ। बजारमा पाइने खानेकुरा जथाभाबी खानु भएन, खानेकुरा सुरक्षित छ छैन विचार गरेर मात्र खानुपर्छ। सकेसम्म घरमा बनेका खानेकुरा खाने, पानी शुद्ध गरेर खाँदा हैजाबाट बच्न सकिन्छ।

पखाला भएका मानिसहरुलाई अनेक प्रकारका कोकाकोला, फेन्टा, जुस जस्ता अनेक खानेकुरा खानु हुदैन । यस्ता खानेकुराले उल्टो असर गर्छन् । पुनर्जलीय झोल बनाएर खाँदा एकदमै राम्रो हुन्छ। साथै भातको माड, जाउलो, दालको रस, ताजा फलफुलको रस खायो भने पखाला कम हुँदै जान्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...