डेंगी संक्रमणबाट जोगिन अपनाउनुस् यी उपाय

काठमाडौँ, ९ असार । बिगतका ३ वर्षमा नेपालमा डेंगी संक्रमण अत्याधिक भएको र यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने बताइएको छ ।

देशका सबै जिल्लामा डेंगी संक्रमण फैलिएकोले वर्षायामको समयमा डेंगी भाइरसबाट बच्न सबै नागरिकलाई सचेत र सजग हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

डेंगी भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगी रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्ने गर्नुपर्छ ।

डेंगीका लक्षणहरु :
डेंगी ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५र७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :

  • असाध्यै टाउको दुख्ने ।
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
  • ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
  • शरीरमा विमिरा आउने ।
  • वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने
  • रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।

रोकथामका उपायहरू :
पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।

  • पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
  • फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
  • दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
  • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । (नेसाली हेल्थ बाट)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...