सातै प्रदेशमा डेंगु सङ्क्रमित, सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौँ । देशभर सातवटै प्रदेशमा डेंगु सङ्क्रमित देखिएका छन् । देशभरमा १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १२ सय ६८ जनामा देखिएको डेंगुमध्ये बागमती प्रदेशमा मात्रै ४४२ जनामा डेंगु देखिएको हो । 

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार कोशी प्रदेशमा २९० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मधेस प्रदेशमा ३४ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, गण्डकी प्रदेशका १९० जनामा, लुम्बिनीका १५१ जना र कर्णाली प्रदेशका १९ जनामा डेंगु सङ्क्रमित भएको छ भने सुदूरपश्चिमका १४२ जनामा डेंगु पुष्टि भएको छ ।  
सन् २०२४ को जनवरीदेखि जुन २३ सम्म देशभरका १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...