घिउकुमारी खानुका यस्ता छन् फाइदा ?

काठमाडौँ । घिउकुमारी अर्थात एलोबेराऔषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । यो वनस्पति हाम्रो निम्ति गुणकारी वनस्पती हो। घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिनका साथै  भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ ।

तेल बिना नै यसको कोमल जेलको प्रयोगले एउटा नाइट क्रिम बनाउन सकिन्छ । घामको हानिकारक किरणबाट बच्नको लागि घिउकुमारीको जेलको प्रयोग गर्न सक्नुहुन्छ । जसले कपाल झर्ने समस्यालाई रोक्न सक्छ । यही कारणले यसलाई चामत्कारिक वृक्ष पनि भन्ने गरिन्छ । 

घिउकुमारीलाई लामो समयदेखि सुन्दर हुनको लागि प्रयोग गर्दै आएको छ । तर यो सुन्दरताको सँगै स्वास्थ्यको लागि पनि फाइदाजनक छ । जति छालाको लागि राम्रो मानिन्छ । राम्रो स्वास्थ्यको लागि बिहान खाली पेटमा घिउ कुमारीको जुस पिउनका लागि विज्ञहरु सल्लाह दिन्छन् ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि–१, बि–२, बि–६, बि–१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो ।  घिउकुमारीलाई लामो समयदेखि सुन्दर हुनको लागि प्रयोग गर्दै आएको छ । तर यो सुन्दरताको सँगै स्वास्थ्यको लागि पनि फाइदाजनक छ । जति छालाको लागि राम्रो मानिन्छ । राम्रो स्वास्थ्यको लागि बिहान खाली पेटमा घिउ कुमारीको जुस पिउनका लागि विज्ञहरु सल्लाह दिन्छन् ।

घिउ कुमारीले क्यान्सरबाट मात्रै बचाउदैनन अन्य बिरामीलाई निको पार्नको लागि पनि सहयोग गर्छ । दैनिक जीवनमा यसको प्रयोग गर्दा हामीलाई निम्न फाइदा हुन सक्छ ।

कब्जियतको उपचार
घिउ कुमारीमा कैयन् औषधीको गुणहरु हुन्छन् । जसले कब्जियतलाई भगाउनका लागि मद्दत गर्छ । साथै पाचन प्रणालीकोसमस्या भएका व्यक्तिहरुले पनि घिउ कुमारीबाट धेरै फाइदा लिन सक्नेछन् ।

मुटुको जलनबाट राहत
गर्मीमा मुटुमा जलन र एसिड रिफ्लक्सको समस्या बढी हुने गर्छ । तर, एलोभेराको जुसले कुनै पनि असहज साइड इफेक्ट बिना यी समस्याहरूलाई हटाउन मद्दत गर्छ ।

इरिटेबल बोवेल सिन्ड्रोम
एलोभेराको जुस इरिटेबल बोवेल सिन्ड्रोम (आइवीएस) को उपचारमा पनि उपयोगी साबित हुन सक्छ । यस्तो अवस्थामा आन्द्रा सुन्निन्छ, जसले दुखाइ र अन्य समस्या निम्त्याउँछ।

वजन नियन्त्रणमा राख्न
भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले भरपूर एलोभेराको जुसले भोकलाई नियन्त्रण गर्छ, जसले तौल बढ्नबाट रोक्छ ।

शरीर डिटक्स गर्न
एलोभेराको जुसले शरीरबाट विषाक्त पदार्थ निकाल्छ र शरीरको प्रणालीलाई सफा गर्छ। साथै यसमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोगी हुन्छ ।

रक्त शर्करा नियन्त्रण गर्न
एलोभेराको जुस मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । बिहान खाली पेटमा यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मधुमेह र हाइपरलिपिडेमियाका बिरामीहरूमा लिपिड कम गर्न मद्दत गर्छ।

दाँत र गिजाको लागि

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

केसको लागि

घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ । यसले केसको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ । घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन । घिउकुमारी जेलमा कागतीको रस मिसाएर केसमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहो¥याउदा हाम्रो केश राम्रो हुन्छ ।

हरेक वनस्पति मानिसका लागि जति फाईदा जनक हुन्छ । त्यसको  प्रयोग गर्न नजान्नाले हाम्रो शरिरलाई बेफाईदा पनि उत्तिकै हुन्छ ।

यस्ता छन् घिउकुमारीका बेफाईदाहरु ः

लामो समयसम्म घिउकुमारी खाँदा पत्थरी हुने, कलेजोको छान्ने प्रक्रियामा समस्या ल्याउने, डिहाइड्रेसन गराउने, पखाला गराउने लगायत समस्या निम्त्याउन सक्छ ।  दीर्घरोगीलाई घिउकुमारी फाइदाजनक भए पनि मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी एलोपेथिक औषधि खाइरहेका छन् भने चिकित्सकको निगरानीमा मात्रै घिउकुमारी सेवन गर्नुपर्छ ।

घिउकुमारी खाँदा मात्रा नभएर यो कुन माटोमा कस्तो किसिमले हुर्किएको छ ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । ‘विषादी प्रयोग भएको माटोमा उम्रिएको घिउकुमारी, कलकारखाना वरपर उम्रिएका घिउकुमारीमा पनि रसायनहरु मिसिएको हुन सक्ने हुँदा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने हुदाँ विषादी प्रयोग नभएको घरआँगनमा रोपेको घिउकुमारी स्वास्थ्यवद्र्धक हुन्छन् र यसरी विषादी प्रयोग नभएको घरआँगनमा रोपेको घिउकुमारी मात्र सेवन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...