रत्ननगर महोत्सव अवलोकन गर्ने दर्शक साढे ४ लाख
रत्ननगर महाेत्सबमा २७ करोडको कारोबार, साढे ४ लाखले अबलोकन गरेका छन्।
रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको हाे । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव पौष २५ गतेबाट सुरु गरिएकाे थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरे भने २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले बताउनु भयाे । यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका थिए। महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारि करणको हिसाबले कोसेढुंगा सावित नै भयाे । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औं संस्करण अहिले सम्मकै उत्कृष्ट भएको बताउनु भयाे । जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको हामीले महसुुस गरेका छौं, भने यसको प्रभाव विस्तारै देखिदै जाने छ ।उहाँको भनाई रहेकाे छ।रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको कृषि उत्पादन र बजारिकरण तथा युवा रोजगार सम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार गरेकाे संघका अध्यक्ष गिरीले भन्नुभयाे। कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले आयोजना गर्ने महोत्सव आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै सरकारले उद्योग बाणिज्य संघको सिफारिसमा मात्र अन्य संघ-संस्थामा महोत्सव आयोजनाको सिफारिस दिनुपर्ने उहाँको भनाईरहेकाे छ । संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवप्रतिको जनआर्कषणले आफुहरुलाई उत्साहित भएको भन्दै अनुमान गरेको भन्दै बढीले अबलोकन गरेका र लक्ष्यभन्दा बढी कारोबार भएको खुशि ब्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, उद्योग, स्थानीय उत्पादनको बजारिकरण तथा उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क गदै काम गर्न सफल भएको दाबि छ । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला आयोजना गरिएको महोत्सव सफल हुनुले सबैभन्दा ठुलो कुरा रहेको भन्दै उहांले चितवन जिल्लाको आर्थिक विकासमा सहयोग भएको बताउनुभयाे । समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघ-संस्थालाई कदरपत्र, प्रतियोगितामा सहभागीलाई पुरस्कार, स्टेरिङ कमिटीलाई कदरपत्र तथा लोकगायक नेत्रजी पन्तलाई सम्मान गरिएको हाे ।रत्ननगर महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत भयाे । वालउद्यानमा जलपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिए साथै पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको हाे । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका थिए । महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको थियाे । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारि करणलाई महोत्सवले प्राथमिकतामा राखेयाे । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गनुभएकाे उक्त समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, एसपी गोविन्द पुरी लगायत विभिन्न ब्यक्तित्वहरुकाे सहभागिता रहेको थियाे।

प्रतिकृया दिनुहोस