आजको पञ्चाङ्ग सहितको राशीफल
आजको पञ्चाङ्ग
वि. सं. : | २०८२ माघ ११ गते आइतबार
इ.सं. : | 25th January 2026 (Sunday)
सूर्योदय: | बिहान ६:५६ बजे
सूर्यास्त: | बेलुका १७:३७ बजे
तिथि : | सप्तमी २१:०२ सम्म, तत्पश्चात् अष्टमी
पक्ष : | माघ शुक्लपक्ष
नक्षेत्र : | रेवती १२:०७ सम्म, तत्पश्चात् अश्विनी
योग : | सिद्ध १०:४६ सम्म, तत्पश्चात् साध्य
करण : | गर १०:०० सम्म, तत्पश्चात् वणिज
चन्द्रराशि: | मीन १२:०७ सम्म, तत्पश्चात् मेष
ऋतु : | शिशिर
अयन : | दक्षिणायन
इ.सं. : | 25th January 2026 (Sunday)
सूर्योदय: | बिहान ६:५६ बजे
सूर्यास्त: | बेलुका १७:३७ बजे
तिथि : | सप्तमी २१:०२ सम्म, तत्पश्चात् अष्टमी
पक्ष : | माघ शुक्लपक्ष
नक्षेत्र : | रेवती १२:०७ सम्म, तत्पश्चात् अश्विनी
योग : | सिद्ध १०:४६ सम्म, तत्पश्चात् साध्य
करण : | गर १०:०० सम्म, तत्पश्चात् वणिज
चन्द्रराशि: | मीन १२:०७ सम्म, तत्पश्चात् मेष
ऋतु : | शिशिर
अयन : | दक्षिणायन
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष - ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
वृष - TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार बढ्नेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। आकस्मिक यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दु:ख पाइनेछ।
मिथुन - GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। तर लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय लाग्नेछ।
कर्कट - CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। आफ्ना कामबाट धेरैले फाइदा उठाउनेछन्। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पेसा–व्यवसायमा लाभ मिल्नेछ।
सिंह - LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। बिहानकाे समयमा चुनौती सामना गर्नुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। केही समय अरूका लागि खर्चनुपरे पनि दिगो काममा जग बसाउने मौका छ।
कन्या - VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्त टाढिनेछन्। सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
तुला - LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।
वृश्चिक - SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव समेत बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।
धनु - SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। समयमा आलस्य गर्दा काम राेकिन सक्छ। बढी मिहिनेत गर्नुपर्ला।
मकर - CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। समयमा सहयाेगी नहुँदा दुःख पाइनेछ। साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला।
कुम्भ - AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सफल भइनेछ।
मीन - PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम थालनी हुनेछ।









प्रतिकृया दिनुहोस