उपरदाङगढीमा तोप गोला सहित ऐतिहासिक हतियारको सङ्ग्रहालय
चितवन उपरदाङगढी,२५,पुष। चितवनको पुरानो सदरमुकाम मा रहेको ऐतिहासिक किल्ला उपरदाङगढीमा तोपसहित विभिन्न ऐतिहासिक हतियारहरुको सङ्ग्रहालय निर्माण गरिएको छ । हाल चितवनको इच्छाकामना गाउँपालिका ७ मा पर्ने यस किल्लामा बुधबार एक कार्यक्रमकाबिच ६ पाउण्डको तोप एक वटा, किटको गोला(क्यान बल) ५० वटा, भरुवा बन्दुक दुर्ई नाल, छालाको ढाल एक वटा, तरबार दुई वटा, खुकुरी ६ वटा र खुँडा एक वटा राखिएको हो । भरतपुर ब्यारेक नयाँ सबुज दल गणबाट सेनाले बुधबार नै गाउँपालिकालाई ती हतियार हस्तान्तरण गरिएको थियो । उक्त हतियारहरु कोतघरमा राखिएको छ ।
यसैबिच बुधबार नै कोतघरको उद्घाटन गरिएको छ । नेपाली सेनाको मध्य पृतना हेडक्वटारका पृतनापति उपरथि विष्णु कुमार खड्काले उपरदाङगढीमा निर्माण गरिएको कोतघरको उद्घाटन गर्नुभएको हो । इच्छाकामना गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले गढीको ऐतिहासिक गरिमा जोगाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आफ्ना पुराना हतियारहरु उपलब्ध गराएको पृतनापति उपरथि विष्णु कुमार खड्काले बताउनुभयो । साथै कोतघरलाई सङ्ग्राहलय बनाएर हतियारहरु प्रदर्शनमा राखिएपछि इतिहासमा रुचि राख्ने र पर्यटकका लागि यो गन्तव्य थप आकर्षक बन्ने उहाँको विश्वास छ ।

सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले महत्वपूर्ण इतिहास बोकेको गढी भएकाले नेपाल सरकार पुरातत्व विभागले यो गढीको संरक्षण गर्नुपर्छ र इतिहासलाई बचाउनुपर्छ भनेर कोतघर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । इतिहासमा भएको मौलिक स्वरुप ,मौलिक संरचना र मौलिक प्रविधिलालाई नै प्रयोग गरेर पुर्खाहरुले जसरी बनाएको हो सोही अनुसार निर्माण गरिएको बताउनुभयो । यसबाट इच्छाकामनाको दिगो विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनाको तर्फबाट संग्राहलयको स्वरुप प्रदान भएकाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको विश्वास छ । गढीको सङग्राहलयलाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका आवश्य रहनेमा जोड दिनुभयो । गढीको महत्व बारे युवापुस्तालाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले कोतघर निर्माण र यहाँ तोपसहित ऐतिहासिक हतियारहरुको सङ्ग्रहालय राखेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । यस कार्यमा सहयोग गर्ने पुरातत्व विभाग र नेपाली सेनलाई धन्यवाद दिनुभयो । गाउँपालिकाले यस गढीलाई संरक्षणका लागि आवश्यक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाले इच्छाकामनाको पर्यटन प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । यहाँ तत्कासिलन समयमा प्रयोग भएका हातहतियारहरु सेनाका विभिन्न ब्यारेकहरुमा लगिएको र त्यस्ता हतियारहरु खोजी गरि यहाँ राखिने उहाँको भनाई छ । कोतघरसहित विभिन्न संचरना निर्माण गर्दा रु. एक करोड ८५ लाख बजेट लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,वडाध्यक्ष बम बहादुर थापा, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, विभिन्न राजनिति दल, संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस