नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा के.सी चयन


चितवन,पुष २१। नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ ।संघको एघारौँ केन्द्रीय महाधिवेशन बाट अध्यक्षमा सुदिन के.सी चयन हुनु भएको छ । 

वरिष्ठ उपाध्यक्षमा गगांधर भट्टराई,उपाध्यक्ष (खुल्ला)  रजनिस फुलारा, उपाध्यक्ष (महिला) लसता श्रेष्ठ, उपाध्यक्ष (मधेसी) अमित भगत, महासचिव सन्जिव कुमार भडेल, उपमहासचीव (खुल्ला) अरमेन्द्र कुमार यादव, उपमहासचिव (महिला) रश्मी श्रेष्ठ, उपमहासचिव (आदिवासी)मा सुरेश अवाल,सचिव अतिन्द्र राउत, गोबिन्द प्रसाद बस्तोला ,बिश्वबन्धु भण्डारी, कोषाध्यक्ष प्रतिज्ञा भट्ट, सहकोषाध्यक्ष राहुल कर्ण चयन हुनू भएको छ । 

यसै गरी केन्द्रीय सदस्य तर्फ सदस्यहरु (खुल्ला) प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेश कुमार खत्री, शैलेस रिजाल, सदस्य (भुगोल) कोशी प्रदेश बाट मनोज चापागाईं, मधेश प्रदेश बाट बित्टू  गुप्ता, बगमती प्रदेश बाट अनिल राज पान्डे, गण्डकी प्रदेश बाट कृष्ण प्रसाद सुबेदी, लुम्बिनि प्रदेश बाट प्रितम राना , कर्णाली प्रदेश बाट रमेश खड्का र सुदूरपश्चिम प्रदेश बाट चन्द्र बहादुर बोगटी, सदस्य महिला आरक्षण तर्फ रमा  पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने, निलम शर्मा, सदस्य मधेसी आरक्षणमा अजय प्रताप यादव र भवनाथ यादव, सदस्य आदिवासी/जनजाती सुजन जोशी,सदस्य अपाङ्ग विदुर दाहाल,सदस्य दलित नवल किसोर राम र पदेन सदस्य (युवा समिति अध्यक्ष) अंकित रावल चयन हुनु भएको छ । 

महाअधिबेशनको यही १९ गते उद्घाटन सत्र तथा २० गते निर्वाचन सम्पन्न भएको थियो ।संघमा हाल १३ सय भन्दा बढि सदस्य आवद्ध हुनु भएको  छ ।

प्रतिकृया दिनुहोस