पाथीभरा क्षेत्रमा हिमपात पदमार्गमा बिछ्याइयो फाइबर ट्रस
OmkarKhabar
फुङ्लिङ । प्रसिद्ध पाथिभरा धार्मिक क्षेत्रमा हिमपात भएपछि पदमार्गमा फाइवर ट्रस लगाइएको छ । ट्रस लगाइए सगै पदमार्गमा हिड्न सहज भएको छ । धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको हो । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
प्रतिकृया दिनुहोस